Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विनाशकारी पहिरो : विकासका जीवनमा एकाएक बज्रपात शुरु, अझै ओभाएका छैन आँखा

पर्वत । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए ।

साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे । साँझ ७ बजेको थियो, श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन् । छोरा जेनिशले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले ममी आएपछि भिडियोकल गर्छु भनेका थिए ।

छोराले भिडियोकल गरेपछि परिवारसँग दुःखसुखका कुरा गर्ने पर्खाइमा रहेका विकासको पर्खाइ जीवनभर नफर्किने गरी अस्ताएको छ । जीवनमा एकाएक बज्रपात शुरु भएको छ ।

लामो समय छोराको फोन नआएपछि राति ८ बजेतिर पुनः उनले फोन गरे तर फोन लागेन । सोचे, ठूलो पानी परेर होला, स्वीचअफ गरेर सुते होलान् । घरमा छोराछोरी र श्रीमती, आफू खाडीमा । थिए थुप्रै रहर, सपना अनि गरिएका कल्पनाहरु ।

जब रातको ११ बज्यो सामाजिक सञ्जालमा देखे पर्वतको दुर्लुङमा दुई घर पुरिए, नौ जना बेपत्ता भन्ने । तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उनलाई विश्वास लागेन आफ्नी श्रीमती होलिन् भन्ने ।

किनकि गाउँमा अन्य कमला नाम गरेका महिला अरु पनि थिए । यतिञ्जेल उनले खाना खाइवरी सुत्ने तयारी गर्दै थिए । त्यत्तिकैमा उहाँका साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केही नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै उनलाई तनावमुक्त बनाउने प्रयास गरे ।

विकासलाई कल्पना नै थिएन पहिरो जान्छ भन्ने किनकी उक्त ठाउँ दुर्लुङकै फराकिलो र बलियो ठाउँमध्येको हो । त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर आठ वर्षअघि जग्गा किनेर घर बनाएका थिए विकासले ।

मनमा धेरै डर, थोरै आशङ्का पैदा हुँदाहुँदै उनको मनले मानिरहेको थिएन किनकि उनका साथीहरुले उनलाई मोबाइल हेर्न रोकेका थिए । सत्य घटना कतिबेर लुक्थ्यो र रु

विस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उनले थाहा पाए कि श्रीमती, छोरा, छोरी पुरिइसकेको । उनी एकाएक बेहोस भए । त्यसपछि उनका साथीभाइ र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुगे र क्वारेन्टिनमा बसे । क्वारेन्टिनको बसाइ पूरा गरेपछि गएको शनिबार कोरोना परीक्षणको रिपोर्टसमेत आयो अनि बाहिर निस्किन थाले ।

क्वारेन्टिनबाट निस्कनेबित्तिकै उनी आफ्नो पुरिएको घर हेर्न गए तर सकेनन् हेर्न, पुनः बेहोस भएर पल्टिए । अहिले पनि पटक–पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गरेका छन् ।

विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किएका थिए भने गएको जेठ १५ गते नै घर आउने तयारीमा थिए तर लकडाउनका कारण रोकिए । उनले भने, ‘लकडाउन नभएको भए पनि श्रीमती छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो ।’

बाह्र वर्ष लामो समय खाडीमा बिताएका ३२ वर्षीय विकास गाउँमै फर्केर केही गर्ने सोचमा थिए । उनले भने, ‘अहिले केही सोच्नै सकेको छैन, छोराछोरी र श्रीमती मरेजस्तै लाग्दैन ।’ आफू विदेशमा भए पनि दैनिक एक÷डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको बताए । पटक–पटक भक्कानिएका विकासले भने, ‘आखिर जीवन केही पनि रहेनछ ।’

त्यस्तै पहिरोमा आमाबाबु र आफैँले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएको रोइरहन्छन् ।

‘न पालनपोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै, जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस्’, उनले भने । आफू र श्रीमती घरभन्दा २०० मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको उनले बताए ।

बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, नातिनी आठ वर्षीया बिबिशा र नाति १४ वर्षीय सम्राट, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेकको मृत्यु भएको थियो ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी आठ वर्षीया प्रमिशा र १४ वर्षीय छोरा जेनिशको ज्यान गएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies