Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन, यस्तो छ दुई अध्यक्षको अडान

काठमाडौं । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन ।

आजको कान्तिपुर दैनिकमा खबर छ - दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन् ।

सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद मिलाउने ढंगले छलफल अघि बढाएका थिए । तर मंगलबारको छलफलमा पनि उनीहरू एकअर्काका मुख्य मागप्रति लचक नभएको नेताहरूले बताएका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामा बाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडान छाडेका छैनन् ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरेर राजीनामाको विषय उठाएकाले यो विषयमा छलफल नै नगर्न भनेका छन् । सहमति खोज्नका लागि पार्टीको स्थायी कमिटी बैठक सुचारु गरी त्यहीं छलफल गर्न दाहालले ओलीसँग आग्रह गरेका छन् ।

सरकारको विषयमा पार्टी कमिटीभित्रै कुरा उठेकाले त्यसलाई त्यहींबाट टुंगाउनु र निचोडमा पुग्नु उपयुक्त हुने दाहालको अडान छ । राजीनामाकै विषय पनि त्यहाँ उठेकाले कमिटीमै बसेर सहमति खोज्न सकिने प्रस्ताव दाहालले ओलीलाई राखेका छन् ।

त्यसैले ओली बुधबारका लागि तय भएको स्थायी कमिटी बैठक सुचारु गर्न भने तयार भएको स्रोतले जनाएको छ । बुधबार नेकपा स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीले यसअघि नै तय गरेका कोरोना नियन्त्रणलगायतका एजेन्डामा केन्द्रित हुनुपर्ने र अन्य विषयमा नेताहरू बसेर एउटा समझदारी बनाएर जानुपर्ने पक्षमा ओली छन् ।

प्रधानमन्त्री ओलीसँग ठोस कुरा नमिलेपछि दाहालले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बुधबारको बैठकलगायतका विषयमा कुरा गरेका छन् । दाहालले विगतमा जस्तै ओलीसँग मिलेर नेपाल पक्षलाई धोका दिने हुन् कि भन्ने आंशका बढेपछि त्यसलाई हटाउन उनले नियमित रूपमा नेपालसँग भेटिरहेका छन् । दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत छन् ।

दुइटै पदबाट राजीनामा दिनुपर्ने भन्ने माग यसअघि राखिए पनि अब एउटा पदबाट हटाउँदाचाहिँ प्रधानमन्त्री पद रोज्नुपर्ने उनीहरूको निष्कर्ष छ । त्यही निष्कर्षका आधारमा दाहालले दुई दिनअघिको बैठकमा ओलीलाई प्रधानमन्त्रीबाट हट्न प्रस्ताव गरेका थिए ।

त्यही प्रस्ताव उनले मंगलबार पनि दोहोर्‍याए । अहिले ओलीलाई सत्तामा रहिरहन दिँदा पार्टी पनि बदनाम हुने र आफूहरूमाथिको पेलान पनि जारी रहने बुझाइ दाहाल र नेपालको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies