Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख, मृतकको संख्या कति पुग्यो ?

पेरिस । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाखभन्दा बढी पुगेको छ ।

तर जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या एक करोठ १५ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६२ लाखभन्दा बढी रहेको छ ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ मात्रै रहेको छ ।

सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारी को अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्बप्रथम कोरोनाभाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो ।

ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ४८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६२० रहेको छ ।

त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २० हजार २२९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् । सोमबार ब्राजिलमा नयाँ सङ्क्रमितको सङ्ख्या २६ हजार रहेको थियो भने मृत्यु सङ्ख्या ६०२ रहेको थियो ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या नौ लाख २७ हजार २९२ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies