Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

काठमाडौं । मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक, प्रमिला राई, मेटमणि चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य रहेको उपसमितिले झण्डै एक वर्ष लगाएर अध्ययन गरेको प्रतिवेदन आज पूर्ण समितिमा पेश भएको हो ।

समितिले २०७६ साउन २९ गते उक्त उपसमिति गठन गरेको थियो । पूँजी बजार र मुद्रा बजारसँग सम्बन्धित समस्या, ती समस्या सिर्जना हुनाका कारण, सम्बन्धित निकायबाट भइरहेको कामकारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीयलगायत विषयमा सुझावसहितको पेश गर्ने लक्ष्यका साथ उपसमिति गठन भएको थियो ।

उपसमितिले लामो समयदेखि माग हुँदै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ मान्यता प्राप्त वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकलाई समेत शेयर कारोबार गर्नेगरी ‘ब्रोकर लाइसेन्स’ दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । धितोपत्रको दोस्रो बजारको पुहँच देशव्यापी बनाउने लक्ष्यका साथ बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायी सेवा दिन सक्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायको अनुमति दिनुभन्दा पहिले केही प्रश्नहरुको भने सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ । त्यसमा सहायक कम्पनी र मुख्य कम्पनीबीचको अन्तरसम्बन्ध तथा शेयर खरिद बिक्री कारोबारको सीमा के हुने, भित्री कारोबारलाई नियन्त्रण वा निरुत्साहन गर्न कानूनी व्यवस्था पर्याप्त भए÷नभएको स्पष्ट पार्नुपर्ने छ ।

कारोबारको पहिचान गर्न नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा अन्तर्राष्ट्रियस्तरको स्वचालित बजार सुपरीवेक्षण प्रणालीको व्यवस्था भए÷नभएको समेत हेर्नुपर्नेछ । वास्तविक समय अनुमान गर्न आवश्यक संयन्त्र भए÷नभएको, धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा कति प्रतिशत हुनुपर्ने जस्ता जिज्ञासाको सम्बोधन गर्नुपर्ने उपसमितिको ठहर छ ।

यस्तै बैंकका शाखाले नै सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलग शाखाहरु देशव्यापी रुपमा सञ्चालन हुने स्पष्ट व्यवस्था गर्नुपर्ने छ । पूर्ण स्वचालित प्रणालीमा जाँदा ब्रोकरको सङ्ख्या घटाउनु वा बढाउनु के गर्नुपर्ने हो र एउटै दलाल व्यवसायीले शेयर खरिद बिक्री गर्ने वा नगर्ने र गर्ने भएमा त्यसका कस्तो सुरक्षात्मक प्रविधिको व्यवस्था गर्नुपर्ने स्पष्ट हुनुपर्नेछ ।

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिँदा नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड हुने भएकाले कसरी व्यवस्थित गर्ने र हालका धितोपत्र व्यवसायीले तोकिएको परीक्षा दिई उतीर्ण भएको आधारमा ब्रोकर अनुमति पाउने व्यवस्था रहेकामा बैंकको सहायक कम्पनीलाई यो व्यवस्था कसरी लागू गर्ने भन्ने जिज्ञासाको समेत उत्तर दिनुपर्ने उपसमितिले औँल्याएको छ ।

लगानीकर्ताको लगानी सुरक्षित हुने र पूँजीबजारको अवस्थामा वृद्धि र विस्तार हुने वातावरण सिर्जना भएपश्चात अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेलगायतका निकायले आवश्यक तयारी गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसाय अनुमतिपत्र दिने निर्णय गर्नु उचित हुने उपसमितिले निष्कर्ष निकालेको छ ।

त्यस्तै सानो पूँजी तथा न्यून शेयरधनी रहेको कम्पनीको धितोपत्र कारोबारका लागि छुट्टै व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ । बोर्ड र नेप्सेमा कार्यरत कर्मचारीलाई शेयर बजारको स्वच्छताका लागि साधारण शेयरमा समेत पहुँच नपुग्ने व्यवस्था मिलाउन सुझाएको छ । ती संस्थाका कर्मचारीको हालसम्म कायम रहेको शेयरको बारेमा समेत सार्वजनिक गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ । उपसमितिको प्रतिवेदन छिट्टै छलफलमा ल्याई आवश्यक निष्कर्ष निकालिने समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies