Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोभिड–१९ सङ्क्रमितको उपचारमा टीसीएम विधि प्रभावकारी’

बेइजिङ । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टीसीएम)ले महत्वपूर्ण भूमिका खेलेको टीसीएम विधिबारे जानकार प्रसिद्ध एक चिकित्सकले बताएका छन् ।

परम्परागत चिकित्सा प्रणालीको विज्ञहरूको समूहले सङ्क्रमण रहेका तर लक्षण नदेखिएका र हल्का खालका लक्षण देखिएका विरामीको उपचारमा टीसीएम विधिको प्रयोग गरी उपचार गरिएको थियो भने जटिल वा गम्भीर खालका समस्या रहेका सङ्क्रमितको उपचारमा टीसीएम तथा पश्चिमी (आधुनिक) चिकित्सा प्रणालीको संयोजन र परामर्शबाट उपचार गरिएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउ किङकुआनले बताए ।

कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो ।

उक्त उपचारका लागि बेइजिङका अन्य अस्पतालबाट १०८ चिकित्सकले सङ्क्रमितलाई सेवा प्रदान गरेका थिए ।

लिउका अनुसार कोभिड–१९ सङ्क्रमित १० बिरामीमध्ये सात जना बिरामी शनिबार निको भएका र यसमा टीसीएमको प्राथमिक उपचार विधिको प्रयोग भएको थियो ।

लक्षण नदेखिएका वा सामान्य विरामीको उपचारका लागि चिकित्सकले ज्वरो नियन्त्रण, सङ्क्रमणलाई प्रभावहीन पार्न विषाक्त तत्वलाई निस्क्रिय पार्न वा रगतलाई चिसो पार्नका लागि परम्परागत प्रविधिबाट बनेका चिनियाँ औषधिहरू ‘चिन्हुवा किङगान ग्रानुल, यिन्दान चेइदु ग्रानुल र हुओसिआन झेङकी क्यापसुल’ को प्रयोग गरिएको लिउले बताए ।

यसबाहेक जटिल प्रकृतिका पाँच र गम्भीर प्रकृतिका २१ सङ्क्रमितलाई टीसीएम र आधुनिक चिकित्सा प्रविधिको संयोजनबाट उपचार भएको उनले बताए ।

कोभिड–१९सङ्क्रमित गम्भीर विरामीमध्ये एक जना निको भएको र तीन जनालाई कृतिम श्वासप्रश्वास सहयोग दिइएको अवस्थाबाट सामान्य अवस्थामा ल्याउन सफल भएको र एक जनालाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजन (ईसीएमओ) थेरेपी’बाट फिर्ता ल्याइएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies