Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कामपाबाट ६ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई रु १० लाखका दरले सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई रु १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ ।

महानगरले आज यहाँ आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका छ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर शाक्यले हस्तान्तरण गरेका हुन् । महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो । आज सहयोग पाउने क्लबमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), सङ्कटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए । उनले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई शहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे । “डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्” शेर्पाले भने ।

त्यसैगरी मछिन्द्र क्लबका अध्यक्ष प्रवोधवीरसिंह कंसाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लबहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्रयाक, ट्राउजर, फुटबल ब्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानूनविपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

यसअघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लबलाई रु नौ लाख ३० हजार सहयोग रकम प्रदान गरिएको थियो । यसैगरी २०७६ वैशाख २३ गते बी र सी डिभिजन क्लबलाई क्रमशः रु तीन लाख र रु दुई लाख सहयोग रकम प्रदान गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies