Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

बेइजिङ । पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हुआवेलाई उनीहरूको फाइभ–जी नेटवर्कबाट प्रतिबन्ध लगाएको छ । त्यस्तै फाइनान्सियल टाइम्सका अनुसार बेलायतले यस महिनामा हुवावेका उपकरणहरू आफ्ना दूरसञ्चार प्रणालीबाट निकाल्ने सम्भावना रहेको छ ।

फ्रान्सको कम्प्युटर प्रणालीको सुरक्षाका लागि राष्ट्रिय निकायले सोमबार बताए अनुसार स्थानीय अपरेटरहरू एसएफआर र बोइगिज टेलिकम, जसले पहिले नै फाइभ–जी उपकरण प्रयोग गर्दैै आएका छन्, का लागि भने फाइभ–जी प्रविधि सञ्चालन गर्न आठ बर्षे इजाजतपत्र जारी गरिनेछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित पत्रकार भेटमा भने, “फ्रान्सले “निश्चित उद्देश्य र निष्पक्ष दृष्टिकोण राख्नेछ र बजार तथा उद्यमहरुलाई उसको आफ्नै हितका लागि छनौट गर्न सहयोग पुर्याउनेमा बेइजिङ विश्वस्त रहेको छ ।”

उनले फ्रान्सलाई चिनियाँ उद्यमहरू लगायत सबै देशका उद्यमहरुलाई खुला, निष्पक्ष, न्यायसङ्गत र गैर भेदभावपूर्ण व्यवसायीक वातावरण प्रदान गर्न व्यावहारिक कदम चाल्न आग्रह गरे ।

हुवावेले यूरोपमा खासगरी मुख्यतया स्विडेनको एरिक्सन र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्दै फाइफ–जी प्रविधिका क्षेत्रमा अरबौँ डलर लगानी गरेको छ ।

तर संयुक्त राज्यले चिन्ता व्यक्त गरेको छ कि कम्पनीको प्रविधि चीनले अन्य देशहरूमा ‘ट्रोजन हर्स’को रूपमा प्रयोग गर्न सक्ने भन्दै यस प्रविधिलाई प्रयोग नगर्न आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies