Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

काठमाडौ । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत साता बिच्छाइएको ग्राभेलले गर्दा थप हिलो भएपछि चाँडो कालोपत्रेको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् ।

चार वर्ष पहिले विस्तार शुरु भएको सो सडकमा स्थानीयवासीको विरोधमा सडक विभागले चौडाइ बढाउन सकेको थिएन । २० मिटर चौडाइमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि केही महिना पहिले सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नसकिने भएकाले ग्राभेल गरिएको जनाएको छ । स्थानीयवासीले भने ग्राभेल र माटो सडकमा विच्छाउँदा आवतजावत गर्न अझै गा¥हो भएको बताएका छन् ।

सडक बनाउँछु भन्दै बिगारे पनि निर्माण नगरेकाले विरोध गरिएको स्थानीयवासी हरी महर्जनले बताए । पहिले सडकमा खाल्डा भए पनि अहिले सडकमा विच्छाइएका गिट्टी र माटोका कारण सडकमा धुलो र हिलो बढेको उनले बताए । यो सडक बिग्रिएर स्थानीयवासीले दुःख पाएको वर्षौ हुँदासमेत वास्ता नगरेको उहाँको आरोप छ । स्थानीयवासीले यथास्थितिमा नै कालोपत्रे गर्न माग गरेका छन् । उनले भने, “सरकारले नै त्यही निर्णय गरेकाले भएकै चौडाइमा चाँडो कालोपत्र गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका वडा नम्वर २२ का अध्यक्ष राजेश महर्जनले सडकका कारण स्थानीयवासीले धेरै दुःख पाएको बताए। निर्माणका लागि भत्काउन थालेको लामो समय हुँदा पनि सडक कालोपत्र नभएको उनले बताए । अहिले ग्राभेल हाल्दा सडकको अवस्था अझै बिग्रिएको उनको भनाइ छ । उनले भने, “सडक चाँडो बनोस् भन्ने सबैले चाहेका छन् ।”

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले वर्षा पहिले सडक कालोपत्र गर्न नसकिने हुँदा ग्राभेल गरिएको जनाएको छ । यो सडकमा मापदण्डअनुसार चौडाइ कायम गरेर मात्रै निर्माण गर्न खोजिएकाले लामो समय लागेको आयोजना प्रमुख गुरु अधिकारीले बताए । सडकको चौडाइ २० मिटर हुने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । २० मिटर गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो ।

सडक निर्माण चौडाइकै कारण अघि नबढ्दा सरकारले उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । पहिले सडकमा खाल्डा भएकाले त्यो हटाउन ग्राभेल हालिएको उनले बताए । उनले भने, “ठूला खाल्डा हटाउनकै लागि ग्राभेल हालेर रोलिङ गरिएको हो ।”

सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार सडकमा कतै कतै चार÷पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन गाह्रो हुन्छ । उनले भने, “एक साइटबाट भए पनि नाली बनाउने कि भन्ने छलफल भएको छ ।”

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरीसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । निर्माण व्यवसायीले काम गर्न चाहे पनि आफैँले निर्माणस्थल खाली गर्न नसकिएको आयोजनाले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडकमा भने निर्माण भइरहेको प्रमुख अधिकारीले बताए

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएको छ । काठमाडौँ उपत्यकाका अरू सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।

सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक विस्तार मात्रै सम्पन्न भएको छ । निर्माण भइरहेका स्थानमा पनि उपलब्ध चौडाइमै कालोपत्र भइरहेको छ । सरकारले त्यहाँ रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठित रूपमा अवरोध गर्दै आएका थिए । लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि चावहिल–साँखु र ढोलाहिटी–लेलेलगायतका सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies