Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

४२ दशमलव सात प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किए

काठमाडौं । नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको बताए । कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।

प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ ।

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेशनमा रहेका उहाँको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा चार हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिनुभयो । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ ।

मन्त्रालयको दुई कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ । आज मात्रै २९ जनाले इन्ट्री गरेका छन्। त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१९ छ । त्यसमध्ये आज एकजना ललितपुरका छन् ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर गु्रप प्रयोगकर्ता तीन लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies