Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण कार्य सुस्त

धनगढी । सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ‘छ लेन’ सडक निर्माण कार्यको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा निर्माणाधीन रहेको यो १४ किलोमिटर लामो सडक आयोजनाको पहिलो प्याकेजअन्तर्गतको काम आगामी मङ्सिरमा र दोस्रो तथा तेस्रो प्याकेजअन्तर्गतको काम आगामी माघ महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ । यो सडक निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि (गएको जेठ महिना) सम्ममा निर्माण कार्य पूरा हुन नसकेपछि पछिल्लो पटक निर्माण अवधि केही महिना थपिएको छ ।

आयोजनाका प्रमुख होमबहादुर एसीले हाल सडकमा कालोपत्र गर्नेलगायतका कार्य भइरहेको बताए । सडकमा पर्ने स–साना पुलेसाको निर्माण पूरा भइसकेकामा साविकको गेटा नजिक रहेको मनहरा नदी र सुनिखोलामा पर्ने पुल निर्माण ठेक्काको प्रक्रिया गर्ने भने अझै शुरु हुन सकेको छैन ।

“बन्दाबन्दीका कारण समयमै पुलको ठेक्का गर्ने कार्य अघि बढ्न सकेन”, आयोजना प्रमुख एसीले भने, “केही महिनापछि ठेक्काको काम पनि अघि बढाउन लागिएको छ ।” बन्दाबन्दीका कारण भएको मजदूरको अभावसँगै सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । बन्दाबन्दीले लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिन नसकिए पनि यो अवधिमा धुलाम्य र हिलाम्य सडक हुने समस्या समाधान गरिएको एसीले बताए ।

बन्दाबन्दी शुरु भएसँगै घर गएका अधिकांश कामदार अझैँ नफर्किएको जनाइएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये शहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो ।

यसबाहेक साविकको सडक क्षेत्रका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो । यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् ।

शुरुको अवस्थामा सडक आयोजना कार्यालयका प्रमुखको पटकपटक सरुवा हुने भई कामको समयमै रेखदेख एवं निर्माणमा असर पुग्दा निर्माणमा समेत ढिलाइ भएको थियो । यो सडकको लागत इष्टिमेट रु एक अर्ब ६८ करोडको रहेको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवम् स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण कार्य भइरहेको हो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य यो सडकमा दैनिक साना ठूला तीन हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies