Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यही असार १७ गते साँझ बालुवाटारमा भेट भयो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे। नेकपाभित्रको विवाद चर्किंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेताहरूसँगको भेटबारे देउवासँग जवाफै मागे । तर, ‘अनावश्यक कुरा’ गरेको भन्दै देउवा झोंक्किए । ‘वरिष्ठ नेताले यस्ता अनावश्यक कुरा गर्ने ?’, देउवाले संक्षिप्तमा भने, ‘सत्ता साझेदारीबारे कुनै कुरा भएको छैन ।’

नेता पौडेलले कांग्रेस सत्ताको जोड घटाउमा लाग्नु उपयुक्त नहुने भन्दै संशय व्यक्त गरे । देउवाले संवैधानिक परिषद् बैठक र विभिन्न आयोगमा रिक्त पदमा नियुक्तिबारे छलफल भएको जानकारी दिए । नेम्बाङसँगको भेटबारे सबै कुरा नेता डा. मीनेन्द्र रिजाललाई थाहा भएको भन्दै उनी पन्छिए ।

‘सुवास नेम्बाङजीले संवैधानिक आयोगका नियुक्तिका विषयमा छलफल गर्न सभापति ज्यूसँग भेट गर्नु भएको हो’, नेता डा. रिजालले भने, ‘अस्ति प्रधानमन्त्री र सभापति ज्यूबीच भएको छलफलअनुसार संवैधानिक परिषद्को बैठक बोलाउने र रिक्त आयोगमा मनोनित गर्नेबारे छलफल भयो । त्योभन्दा अरू थप केही छलफल नै भएन ।’

प्रवक्ता विश्वकर्मा शर्माले संवैधानिक परिषद् बैठकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि देउवा बालुवाटार गएको उल्लेख गरे । ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा आधा घण्टा छलफल भयो’, प्रवक्ता शर्माले भने, ‘अन्तिममा प्रधानमन्त्रीले पार्टीभित्र आफूलाई असहयोग भएको, सरकार के हुने भन्ने अन्योल भइरहेको, यस्तो बेला तपाईंको सहयोग आवश्यक हुन्छ भनेर प्रस्ताव गर्नुभयो ।’ देउवाले भने पार्टीमा मिलेर अघि बढ्न शुभकामना दिएको उनले उल्लेख गरे ।

कांग्रेस स्रोतले भने प्रधानमन्त्रीले सम्भावित सत्ता साझेदारीबारे प्रस्ताव गरेपछि देउवाले आफूनिकट नेतारूसँग छलफल चलाएको जनाएको छ । पार्टी विभाजन भए सम्भावित सत्ता साझेदारीका लागि नेकपाका दुवै पक्षले देउवा र उनीनिकट नेतासँगको भेटलाई तीव्रता दिएका छन् ।

सभापतिभन्दा पनि दोस्रो तहका नेता नेकपाका दुवै पक्षसँग सम्पर्कमा रहेको एक नेताले बताए । ‘हामी नेकपा फुटोस् र सरकारमा जाऔंला भनेर कुरेर बसेका छैनौं’, ती नेताले भने, ‘उहाँहरू फुट्नुभयो र कांग्रेस सहभागी नभई सरकार नबन्ने अवस्था आयो भने त्यसबारे छलफल गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले राजीनामा मागेका छन् । विवाद मिलाउन जारी सहमतिका प्रयासले सार्थकता नपाइरहेका बेला नेकपा नेता नै कांग्रेस नेतासँग सम्भावित सत्ता गठनबन्धनका लागि सक्रिय भएका हुन् । कांग्रेसले भने नेकपा विभाजन नभएसम्म सत्ता साझेदारीबारे छलफलको औचित्य नभएको भन्दै मौन रहने नीति लिएको छ ।

‘ओली र दाहाल दुवै पक्षका नेता हामीसँग कुरा गर्न आएका छन्। तर, पार्टी विभाजन नै नभई हामीले कसलाई समर्थन गर्ने भन्ने कुरै हुँदैन’, देउवानिकट अर्का एक नेताले भने, ‘सभापतिसँग कुरा गर्नुपर्‍यो भनेर मसँग पनि नेताहरू कुरा गर्न आएका थिए । तर, पार्टी नै नफुटी कसरी सत्ता गठबन्धनको कुरा हुन्छ ? ’ उनका अनुसार नेकपा नेताले पार्टी मिल्ने ठाउँ नरहेको दाबी गर्न थालेका छन् ।

डा. रिजालले पार्टी बैठकमा सत्ता सहकार्यका लागि नेम्बाङले प्रस्ताव ल्याएको भन्ने चर्चाको खण्डन गरेका थिए । ‘उहाँहरूको पार्टी आन्तरिक द्वन्द्वमा छ। प्रधानमन्त्री हटाउने हो भने संसदीय दलका नेताबाट हटाउनु पर्‍यो । पार्टी अलग भयो भने दुई पार्टीमध्ये कुन पार्टीको प्रधानमन्त्री बनाउने हो, त्यसपछिको कुरा हो’, उनले भने, ‘सुवासजीले न कुनै सत्ता सहकार्यको प्रस्ताव गर्नुभयो न हामी कम्युनिस्ट पार्टी फुट्ला भनेर कुरेर बसेका छौं ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies