Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जब पहिरोले बगाएका १८ महिने नातिका नयाँ लुगा भेटिए...

गुल्मी। पहिरोले पुरिएको घरमा सरसामान खोज्दै गरेकी गुल्मीको इस्मा गाउँपालिका– १ हस्तिचौरकी कमला सारू एकाएक रुन थालिन् । उनकै वरिपरी सरसामान निकाल्दै गरेका स्थानीय बासिन्दा र सुरक्षाकर्मी चकित परे ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - केही स्थानीय बासिन्दाले सम्झाउन खोजे, तर उनी झन हिकहिकाइन् । उनले एक जोर लुगा सुमसुम्याउँदै भनिन्, ‘भर्खरै मैले नै नयाँ लुगा किनेकी थिएँ । कसरी मन थाम्नु ।’
बिहीबार राति आएको पहिरोले घर पुरिँदा उनका १८ महिने नातिको ज्यान गएको थियो ।

त्यसयता सम्हालिने कोशिस गर्दै आएकी उनी एकाएक नातिका लुगा भेटेपछि भक्कानिएकी थिइन् । उनले नै नातिका लागि केही दिनअघि नयाँ लुगा किनेकी थिइन् । जुन लुगा राम्ररी लगाएका पनि थिएनन् । कमलाले भनिन्, ‘जति गर्दा पनि भुल्न उपाय छैन । झलझल्ती आँखामा आइहाल्छ ।’

बिहीबार राति १० बजेतिर चट्याङसहित ठूलो पानी पर्‍यो । मध्यरातमा झन् पानी दर्कियो । कमला निदाएकी थिइनन् । घरसँगैको गोठमा सुतेका छोरा–बुहारीलाई पटक पटक बोलाएकी थिइन्न्। ‘टिनको छानो भएकाले ठूलो पानी परेकाले मैले बोलाएको सुनेनन् । बोलाउँदाबोलाउँदै पहिरो खस्यो,’ कमलाले भनिन्, ‘आँखै अगाडि गोठसँगै छोरा, बुहारी र नाति बगे ।’

करिब एक सय मिटर तल पुगेकी बुहारी सिर्जना आमा भन्दै कराएको सुनिन् । उनका छोरा वसन्त बोल्न सकिराखेका थिएनन् । कमलाका हात खुट्टा लुला भए । लाइट लगाउँदा छोराबुहारी जीवित देखिन् । तर, नाति देखिएनन् ।

आफै उद्धार गर्न जान सकिनन् । छिमेकी बोलाउन गइन् । छिमेकीले पनि पहिरोमा पस्ने आँट गरेनन् । ‘छोराले नै बुहारीलाई तानेर ल्यायो । नाति छुटे छ,’ कमल बोल्दाबोल्दै रुन थालिन् । वसन्त र सिर्जना घाइते भएका छन् भने १८ महिने सुरजको शव भेटिएको थियो ।

त्यसयता कमलाका आँखा ओभाउन सकेका छैनन् । झन् पुरिएको घरमा नातिका नयाँ लुगा भेटेपछि त उनी घरीघरी डाको छोडेर रुने गरेकी छिन् । ‘अझै आँखावरिपरी देख्छु, मेरो मुटुको टुक्रालाई दैवले खोस्यो,’ उनी बोलिन् ।

उनकी छिमेकी ईश्वरा खत्रीको अवस्था पनि उस्तै छ । पहिरोले घर बगाउँदा उनी र उनकी सात वर्षीया छोरी अपेक्षा पनि बगेका थिए । उनले छोरीलाई अंगालोमा बेरेर राखेकी थिइन् । निकै तल पुगेपछि ईश्वरा त बाँसको गाँजमा अड्किन्, तर उनकी छोरी अपेक्षालाई भने पहिरोले बगायो ।

ईश्वरलाई स्थानीय बासिन्दाले तानेर निकाले भने अपेक्षाको भने बगरमा शव भेटियो । पहिरोले बाटो अवरुद्ध भएकाले उद्धारका लागि तत्काल आउन नसकेको वडा सदस्य जंगबहादुर खत्रीले बताए । ‘राति नै खबर त पाएका थियौँ, तर बाटो नभएकाले उद्धार गर्न राति नै आउन सकिएन । उज्यालो भएपछि मात्रै उद्धार गर्न सक्यौं,’ उनले भने ।

पहिरोमा परेर दुई बालबालिकाको ज्यान गएको थियो भने पाँचजना घाइते भएका थिए । पहिरोबाट एक दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरू स्थानीय हिमालय माविमा बस्दै आएका छन् ।

विस्थापित परिवारको बिचल्ली भएको छ । उनीहरूले खानपिन गर्न पनि समस्या भएको बताएका छन् । गाईभँंसीलाई खुवाउने पानी नै पिइरहेको पहिरो विस्थापित रामकुमारी सारूले बताइन् । ‘अब उपाय केही नभएपछि यही पानी खाने हो,’ उनले भनिन् ।

पहिरोले सडक अवरुद्ध भएको छ । गाउँनजिक थुप्रै ठाउँमा जमिन चर्किएको छ । जमिन चर्किएकाले अझै पहिरो खस्ने उच्च जोखिम रहेको वडा सदस्य खत्रीले बताए ।

यस वर्ष प्राकृतिक विपतबाट हुने क्षति बढ्ने अनुमान
प्रत्येक वर्ष बाढीपहिरोबाट औसत १७८ को मृत्यु

यस वर्ष प्राकृतिक विपतबाट हुने मानवीय क्षति बढ्ने अनुमान गरिएको छ । मनसुन सुरु भएपछिका १५ दिनको विश्लेषणमा त्यस्तो संकेत देखिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्ष ३० जेठबाट मनसुन सुरु भएको हो । त्यसयताका १५ दिनमा प्राकृतिक विपत्बाट देशभर ३१ को ज्यान गइसकेको छ । यो संख्या गत वर्ष यही अवधिको तुलनामा झन्डै ५५ प्रतिशतले धेरै हो । गत वर्ष ५ असारदेखि भित्रिएको मनसुनको सुरुका १५ दिनमा १४ जनाको मात्रै मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राकृतिक विपत्बाट भएको क्षतिको प्राधिकरणले १५–१५ दिनमा विश्लेषण गर्ने गर्छ ।

विपत्का घटनामा परी घाइते हुनेको संख्या पनि यस वर्ष बढ्ने अनुमान गरिएको छ । गत वर्ष मनसुनका सुरुका १५ दिनमा ३८ जना घाइते भएका थिए । तर, यस वर्ष १५ दिनमा ४८ जना घाइते भएका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राकृतिक विपत्का घटना गत वर्षको तुलनामा कम भए पनि मानवीय क्षति भने धेरै हुने अनुमान गरिएको बताए । ‘गत वर्ष मनसुन सुरु भएको १५ दिनमा मुलुकभर एक सय ५९ घटना भएका थिए ।

यस वर्ष सुरुका १५ दिनमा एक सय ४३ मात्रै घटना भएका छन्, तर मानवीय क्षति भने बढेको छ । घाइते हुनेको संख्या पनि गत वर्षको भन्दा धेरै छ । यसपटक संकेत सुखद देखिएको छैन,’ उनले भने ।

प्राधिकरणका अनुसार चुरे क्षेत्रमा भएको वन फँडानी र विनायोजना स्थानीय तहमा चलेका डोजर बाढी र पहिरोको प्रमुख कारण हुन् । त्यसबाहेक सीमा क्षेत्रमा भारतद्वारा बनाइएका तटबन्धका कारण पनि बाढी र डुबानका घटना हुने गरेका छन् ।

‘पहाड जताततै खनिएका छन् । माटो गलेको छ । यस्तोमा पहिरोको जाने खतरा सबैभन्दा धेरै हुन्छ । तराईका नदी क्षेत्रमा व्यवस्थित तवरले बाँध बनाउन सकिएको छैन । अर्कोतर्फ भारतीय तटबन्ध छ । यसले बाढी र डुबानलाई निम्त्याउँछ,’ पोखरेलले भने ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा मनसुन ९० दिनसम्म रहन्छ । यस अवधिमा हुने बाढी र पहिरोका घटनाले मानवीय र धनमालमा ठूलो क्षति पुर्‍याउँछ ।

प्रत्येक वर्ष देशभर बाढीपहिरोबाट मात्रै सरदर एक सय ७८ ले ज्यान गुमाउने गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, ३३ बेपत्ता हुन्छन् भने ६ हजार चार सय ९० घरपरिवार बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित हुन्छन् । प्रत्येक वर्ष ५१ करोडभन्दा धेरैको धनमाल क्षति हुने गर्छ ।

पछिल्लो पाँच वर्षमा बाढीपहिरोबाट मात्रै आठ सय ९० को मृत्यु भएको छ भने एक सय ६१ जना बेपत्ता भएका छन् । घटनाबाट ३२ हजार चार सय ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । देशभर यस अवधिमा दुई अर्ब ५७ करोड ९६ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको प्राधिकरणको तथ्यांक छ ।

सरकारले विपत् न्यूनीकरण, उद्धार र पुनर्निर्माणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको हो । गत २९ मंसिरमा गठन गरिएको प्राधिकरणमा अनिल पोखरेल कार्यकारी अधिकृत नियुक्त गरिए पनि अरू कर्मचारीको दरबन्दी सिर्जना गरिएको छैन, जसले गर्दा प्राधिकरणले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । प्राधिकरणले सरकारसँग ३८ कर्मचारीको दरबन्दी माग गरेको छ, तर अहिलेसम्म स्वीकृत हुन सकेको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies