Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

मार्तडी । जिल्लामा सामाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयोगी हातहरुको समूह ‘साहस’ ले तीन स्थानीय तहमा राहत र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सो संस्थाले कोभिड–१९ बाट प्रभावित बडिमालिका नगरपालिका तथा गौमूल र खप्तड छेडेदह गाउँपालिकाबासी खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको जनाएको छ । लिफ्ट परियोजना संयोजक देशीन्द्र राईले ती स्थानीय तहका ३९० जनालाई खाद्यान्न सहयोग गरिएको जानकारी दिए । संस्थाले शनिबार राहत वितरणको पारदर्शिताका लागि सार्वजनिक तथा समीक्षा गोष्ठीे आयोजनासमेत गरेको थियो ।

सो नगरपालिकका नौ वटै वडामा रहेका दलित ६५, जनजाति सात र अन्य ७८ परिवार गरी १५० परिवारलाई ३० केजीका दरले चामल, नुन र चिनी दुईदुई केजी, तेल दुई लिटर र साबुन दुई थान वितरण गरिएको थियो ।

विद्युत् सेवा अवरुद्ध

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताए ।

वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको उनले जानकारी दिए । शुक्रबार राति आएको वर्षाले अवरुद्ध बनाएको विद्युत् सेवा मर्मत गरेर पुनः सञ्चालन गरिएको भए पनि मध्यराति बाउली खोलामा बाढी आएर बगाएपछि विद्युत् सेवा नै बन्द भएको थियो । पटकपटक अवरुद्ध हुँदा सेवाग्राही हैरान बनेका छन् । विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हुँदैँ आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प बनेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies