Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रोशीखोलामा पक्की पुल बनेपछि खुशी

बनेपा । बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी छन् । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उनले बताए ।

उनी मात्रै होइन, थान्सिङबेँसीका धेरैजसो किसानले लगाएको तरकारी बेचेर आम्दानी गर्न थालेका छन् । केही समय अगाडिसम्म पुल बन्ने अवस्था देखिएको थिएन । “बन्दाबन्दीकै बीचमा पनि काम गर्न थालेपछि अहिले बल्ल पुल निर्माणकार्य सम्पन्न भएको छ, त्यसमा हामी धेरै खुशी छौँ”, न्यौपानेले भने, “घर अगाडिकै पुल बनेको हेर्दाहेर्दै दशक बितिसकेको थियो, अहिले आएर बल्ल सम्पन्न भएको छ ।” सम्पन्न भएसँगै रोशीपारिका आम बासिन्दालाई सहज बनेको उनले बताए ।

यसअघि पुल नबन्दा खोलामा गाडी फसेर अड्केपछि निकाल्नलाई पाँच÷छ हजार त्यत्तिकै जान्थ्यो । त्यसो हुँदा एकातिर समयमै सामान ढुवानी गर्न नपाउने, अर्कोतिर खर्चिलो व्यवधानले सताउने, पुल बनेपछि त्यो सबै समस्या दूर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यतिमात्र होइन, रोशीखोलाका कारण खोलापारि क्षेत्रका बासिन्दा बर्खा लागेपछि खाद्यान्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या व्यहोर्दै आइरहेकामा अब समस्याबाट मुक्त भएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ थान्सिङबँेसी र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने रोशीखोलाको मोटरेबल पुल करिब १० वर्षपछि बल्ल सम्पन्न भएको हो ।

जिल्लाको दक्षिणपूर्वी भेग रोशी गाउँपालिकाका अधिकांश बासिन्दा, महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने पुल एक दशकपछि निर्माण सम्पन्न भएको हो । रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनोस्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब एक दशकपछि मात्रै निर्माणले पूर्णता पाएको हो ।

करिब रु एक करोड ५० लाख लागतमा निर्माणकार्य सन्पन्न भएको सो पुल बनेपछि रोशी गाउँपालिकाको थान्सिङबेँसी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगुलगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दालाई समेत सुविधा भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies