Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आम मानिसलाई अनिश्टको आशंका गर्न वाध्य बनाए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको अपरान्ह ४ बजेको छलफल स्थागित गरेर आफु राष्ट्रपति निवास गए र ७ बजेका लागी बालुवाटारको मन्त्रीहरुलाई बोलाए । सबै समाचार एकैपटक बाहिरिएपछि ओलीले कही संबैधानिक कदम चाल्न सक्ने आशंका गरिए ।

साँझ अबेर शितल निवासबाट फर्किएका ओलीले मन्त्रीहरुलाई कित्ता स्पष्ट पार्न मात्रै भनेनन् आफुलाई र राष्ट्रपतिलाई हटाउने योजना बनिरहेको बताए ।

उनले योजना बनाउनेहरु आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरु रहेको र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भईरहेको संकेत गरे ।

महाअभियोगको ओली आशंकालाई पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले खण्डन गरिसकेका छन् भने बालुवाटार फर्किदासम्म ओली आफै पनि आफुले गलत सुचना पाएको ठम्याईमा पुगिसेको बालुवाटार स्रोतले बताएको छ ।

पछिल्लो समय ओलीको कार्यशैलीलाई लिएर व्यापक आलोचना मात्रै भईरहेको छैन उनकै पार्टी नेकपाको स्थायी समितिका ४५ मध्य ३२ सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा मागेका छन् ।

ओली राजिनामा नदिने तर सामाना गर्ने बताईरहेका मात्रै छैनन् एकपछि अर्कोगरी उनले सत्ताको प्रयोग गरिरहेका छन् । पार्टीले आफुलाई कारवाही गरे या पद छोड्न निर्देशन दिए दल विभाजन गरी अर्को पार्टी गठनका लागी अध्यादेश ल्याउने बाटो समेत संसदको अधिवेशन अन्त्य गरेर खुल्ला गरिसकेको छन् ।

\"\"

उनकै योजनामा नेकपा एमाले नामको अर्को पार्टी गठनका लागी निर्बाचन आयोगमा दल दर्ताका लागी निबेदनसमेत परेको छ ।

नेकपा गम्भिर मोडमा पुगेको ठम्याई स्वंयम नेकपाकै नेताहरु गर्न थालेका छन् । ओलीको रबैया र व्यत्तिवादी प्रवृतिका कारण अन्य नेताहरु दुईमध्य एक पदबाट हटाउने पक्षमा देखिन्छन् भने ओली दुवै पदबाट नहट्ने अडानमा छन् । पछिल्लो समय त ओलीले स्थायी समितिको बैठकमा उपस्थित हुन समेत छोडेका छन् ।

ओली पक्षिय नेता कार्यकर्ताहरु सडकमा ओलीको रक्षाका लागी समेत उत्रिन थालेका छन् । तर उनको पक्षमा सडकमा प्लेकार्ड र व्यानर बोकेर उत्रिनेहरुको संख्या भने लाजमर्दो रहेको नेकपाकै एक नेता बताउँछन् । हुन पनि दुईतिहाई नजिक मतले निर्बाचित प्रधानमन्त्री पक्षमा निस्किएका जुलुशहरुमा मुश्किलले २०÷३० जना हुने गरेका छन् ।

पार्टीका सबै तहका कमिटिहरुमा ओली भारी संख्याले अल्पमतमा छन् । नेकपाको ९ सदस्यीय सचिवालयमध्य उनीसँग इश्वर पोखरेल र विष्णु पौडेल दुई जनामात्रै छन् भने प्रचण्ड–नेपाल पक्षमा ६ जना देखिएका छन् ।

यसैगरी नेकपाको स्थायी समिति ४५ सदस्यीय रहेको छ । ४५ मध्य १२ जना मात्रै ओलीको पक्षमा छन् भने ३२ जना प्रचण्ड–नेपाल पक्षमा छन् । ४४१ केन्द्रिय समिति सदस्यमध्य १२७ मात्रै ओलीको पक्षमा छन् ।

संसदीय दलमा ओली पक्षमा जम्मा ७२ जना रहेका छन् । तर नेताहरुको समिकरणको अदलबदलका कारण ओलीसँग यो संख्या पनि नरहन सक्छ ।

के छ नेकपाभित्रको पार्टी समिकरण ?

स्थायी समिति –४४

ओली –१२
प्रचण्ड –१८
नेपाल –१३
तटस्थ –१

केन्द्रीय समिति –४४१

ओली –१२७
प्रचण्ड –२००
नेपाल –१०४
वामदेव –६
तटस्थ –१
रिक्त –३

सांसद –१७४

ओली –७२
प्रचण्ड –५४
नेपाल –३७
वामदेव –४
तटस्थ –५
स्वतन्त्र –२

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies