Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

राष्ट्रपति र म विरुद्ध षड्यन्त्र भयो : ओली

‘जुनसुकै कदम चाल्ने अवस्था आउन सक्छ’

काठमाडौं । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । ‘तपाईंहरूले अहिलेको परिस्थिति बुझ्नु भएकै छ, पार्टीभित्रैबाट साथीहरू राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने अभियानमा लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तर म अन्तिमसम्म यसको सामना गर्छु ।’

सहमतिका लागि छलफल गर्न भन्दै स्थायी कमिटी बैठक दुई दिन रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र आफ्ना सल्लाहकारहरूलाई समेत बोलाएर पछिल्लो परिस्थिति अवगत गराएका हुन् ।

ओलीले पार्टी विभाजनको संघारतिर लागिरहेको भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूले कित्ता क्लियर गर्नुपर्ने बताए । ‘हामीमाथि ठूलो षड्यन्त्र भएपछि तपाईंहरूलाई जानकारी दिऊँ भनेर यो बैठक बोलाएको हुँ, अहिले थप छलफल गर्ने समय भएन,’ प्रधानमन्त्रीले भने, ‘यो विषयमा फेरि अर्को छलफल गरौंला, सोच्दै गर्नुुस्, अर्को पटक बस्दा मेरो पक्षमा हो कि विपक्षमा हो, साइड क्लियर गरेर आउनुस् ।’

‘देशमा कोरोनाको प्रभाव बढ्दै गइरहेको छ, बाढीपहिरोले जनजीवन कष्टकर भइरहेको छ, यता साथीहरू मेरो राजीनामा माग्दै हुनुहुन्छ । उहाँहरू नै राष्ट्रपतिलाई महाअभियोग लगाउन कानुनी सरसल्लाहमा लाग्नुभएको बुझेको छु,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘परिस्थिति यस्तै छ, हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई वर्ड, बाई स्टेप पराजित गर्नुपर्ने हुन सक्छ, त्यो बेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ ।’

राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै प्रधानमन्त्रीले मन्त्रीहरूलाई आ–आफ्नो साइड सोच्न आग्रह गरेका हुन् । बैठकमा ओलीले आफ्नोमात्रै कुरा सुनाउन बोलाएको र मन्त्रीहरूको कुरा पछि सुन्ने बताए पनि मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल र पार्वत गुरुङले धारणा राखेका थिए ।

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताए । ‘पार्टी कमिटी बैठक चलिरहेको छ, विषयवस्तु त्यही राख्दा कसले, कसरी षड्यन्त्र गरेको हो भन्ने पनि आउन सक्छ,’ पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कित्ता स्पष्ट पार्ने छलफल पार्टी कमिटीकै बैठकमा गरौं, यहाँ नगरौं ।’ उनले आफूहरू पनि सांसद भएकाले नै मन्त्री बनेको भन्दै संसदीय दलभित्रै यस विषयलाई छलफलमा लैजान सकिने धारणा राखेका थिए ।

त्यसपछि मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘अफवाहहरूले हामीलाई बगाएका थुप्रै उदाहरण छन्, कहिलेकाहीँ म हाम्रा शीर्ष नेताहरू बहकिएको देख्छु, प्रधानमन्त्रीज्यू यो विषयलाई राम्ररी ख्याल गर्नुहोला,’ मन्त्री भुसालले भने ।

मन्त्री भुसालले पहिलो विश्वयुद्धका बेला भएको पुँजीपतिहरूले हत्यारा भन्दै गर्ने गरेको पोस्टर पम्प्लेटिङको उदाहरण दिँदै अहिले यहाँ पनि त्यस्तै खालका अफवाह बढी चलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिलाई हटाउन दाहाल–नेपाल समूहले कानुनी परामर्श गरेको भन्ने शुक्रबार सूचना आएको थियो । त्यो सूचनाकै आधारमा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोगको आशंका गरेका थिए ।

मन्त्री भुसालले प्रधानमन्त्रीलाई त्यो कुरा गलत भएको भन्दै सम्झाउने प्रयास गरेका थिए । ‘हिजो राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो भनिएको सूचनाको मैले भेरिफाई गरें । मसँग यथेष्ट प्रमाण छन्, कुनै पनि त्यस्तो कुराकानी भएको छैन,’ मन्त्री भुसालले भने । यस्ता अफवाहबाट बच्नुपर्ने उनको प्रधानमन्त्रीलाई आग्रह थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले प्रधानमन्त्रीलाई पार्टीको बहुमतका आधारमा हटाउन खोजिए संसदीय दलमा बहुमत पुर्‍याउन बाध्य हुने बताए । निर्वाचित प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र भए आफूहरू जुन हदमा पनि जान सक्ने भन्दै उनले बैठकमै आफ्नो कित्ता स्पष्ट पारेका थिए ।

‘राष्ट्रिय संकट परेका बेला नेतृत्वलाई बल पुर्‍याउनुपर्छ,’ उनले भनेका थिए, ‘यस्तो बेलामा गणितीय कुरा गरेर हुँदैन ।’

नौ सदस्यीय सचिवालय र स्थायी कमिटीभन्दा माथि केन्द्रीय कमिटी रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्न नहुने धारणा राखेका थिए । आफ्नो कुरामात्र भन्नका लागि बैठक बोलाएको भन्दै कुरा सुरु गरेका ओलीले केही मन्त्रीहरूले बोलेपछि थप समय नभएको भन्दै छलफल सकेका थिए ।

प्रधानमन्त्रीले त्यसपछि आफ्नो समूहमा रहेका मन्त्रीहरूसँग एक्लाएक्लै परामर्श गरे । मन्त्रीहरूसँग अनौपचारिक छलफल गर्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यहाँ उनीहरूबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies