Khabar Dabali Logo
  August 15, Sat

कोरोनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।

यसअघि उक्त संगठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् ।

कोभिड १९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ । उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ ।

चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् ।

यसको संक्रमण अझै पनि कम भएको छैन । उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले सो आग्रह गरेका थिए ।

असार २० गते, २०७७ - २२:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी...   

लिदी पहिरो : बेपत्तामध्ये १७ जनाको शव फेला

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता...   
सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

काठमाडौ । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराेले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा...   

सिआइवीको नाममा ठगी गर्न खोज्ने अधिकारी पक्राउ

काठमाडौ । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको...   

निजी अस्पताललाई २० प्रतिशत श्यया कोरोनाका लागि राख्न अनुरोध

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि...   

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना पुष्टि

रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

स्याङ्जा पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका...   
रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

मन्थली । प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पक्राउ गरेको छ । उनलाई...   
नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top