Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् ।

उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक विभिन्न भेला, बैठक र धर्ना जस्ता कार्यक्रम गर्न थालेका छन् । पार्टीको एकता कायम राख्नुपर्ने माग राख्दै पार्टी मुख्यालय धुम्रबराहीमा हिजोदेखि केन्द्रीय सदस्य धर्नामा बसेका छन् ।

यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य धनश्याम भुसालको निजी निवासमा पनि हिजो पार्टी एकतालाई कुनै पनि हालतमा टुट्न दिन हुन्न भन्दै तेस्रो तहका नेताको भेला भएको थियो । यसरी पार्टी एकतामा देखिएको समस्यालाई समाधान गर्नका लागि पार्टीका दोस्रोदेखि केन्द्रीय सदस्य सम्मका नेता विभिन्न भेला, बैठक आयोजना गर्दै आइरहेका छन् ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भई हाल नेकपामा समस्या आएपछि युवा नेता त्यसलाई समाधान गरेर लैजानुपर्नेमा जोेड दिएकाछन् । पार्टी एकतापछि बनेको नेकपाको अहिले एकल सरकार रहेको छ । विसं २०७४ मा भएको निर्वाचनमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपाको अहिले सङ्घ र छ वटा प्रदेशमा आफ्नै सरकार छ भने ७५३ स्थानीय तहमध्ये धेरैमा पनि आफ्नै सरकार रहेको छ ।

अहिलेको एकतामा समस्या आए कम्युनिष्ट आन्दोलनलाई नै धक्का पुग्ने भन्दै पार्टीका युवा नेता एकता जोगाउन लागेको हो । अहिले पार्टी एकताको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालबीच विवाद उत्पन्न भएको छ । आजै बिहान मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा पनि पार्टीका केन्द्रीय सदस्य रहेका सांसदले पार्टी भित्रको देखिएको समाधान अन्त्य गर्नका लागि शीर्ष नेतालाई दबाब दिने बैठक आयोजना गरेका छन् । बैठकले पार्टीमा शीर्ष नेतृत्वले एकअर्कालाई आरोप–प्रत्यारोप बन्द गरी पार्टीका विधि र विधानबाट समस्या खोज्न आग्रह गर्ने निर्णय गरेको छ ।

सांसद तथा केन्द्रीय सदस्य झपड रावलले पार्टीमा अहिले देखिएको विवादले सरकार र जनतालाई क्षति पु¥याउने भएकाले त्यस्तो विवाद विधि र विधानबाट समाधान गर्न दबाब दिने निर्णय गरेको बताए । “पार्टी एकतामा देखिएको विवादले मुलुक, जनता र कार्यकर्ताका लागि दुःखद् हो । यसले मुलुकलाई फाइदा गर्दैनन्,” उनले भने, “त्यसैले शीर्ष नेतालाई पार्टीको विधि र विधानबाट समाधान खोज्न दबाब दिनका लागि बैठक आयोजना गरेका हौँ ।”

बैठकले चालू रहेको स्थायी कमिटी बैठकको एजेन्डाबाट नै पार्टीमा अहिले देखिएका समस्या समाधान गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ । “हामी चाँडै नै पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट्छौँ”, उनले भे, “भेटमा उनीहरुलाई सडकमा आरोप–प्रत्यारोप स्थायी कमिटी बैठकबाट समाधान खोज्न दबाब दिनेछौँ ।” उनीहरुबीच कुनै पनि नेताको पक्ष विपक्षमा नलागी पार्टी एकतालाई जोगाउने सहमतिसमेत भएको छ । भेलामा यज्ञराज सुनुवार, गणेश पहाडी, टेकबहादुर बस्नेत, श्याम श्रेष्ठ र सुरेश राई सहभागी भएका थिए ।

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरु शीर्ष नेताभन्दा नजीक रहेको र उनीहरुको मनोभाव बुझेकाले पार्टीलाई दुर्घटनाबाट जोगाउन बैठक तथा छलफल गर्ने गरेको बताउछन् । “शीर्ष नेताले पार्टीबारे मनोगत निर्णय लिए भने त्यसले पार्टी एकतामा ठूलो असर पर्दछ”, उनले भने, “त्यसैले शीर्ष नेतालाई मनोगत निर्णय गर्न नदिनका लागि बैठक, छलफल भेला आयोजना गर्ने गरेका छौँ ।”

पार्टीका अर्का नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीमा एकताको सङ्कट परेको बेला पार्टीभित्रका युवा नेता बैठक गरेर पार्टी एकता जोगाउन शीर्ष नेतालाई दबाब दिने गरेको बताए। उनले अहिले पनि देशभरिका युवा नेतासँग भर्चुअल बैठक र उपत्यकामा रहेका युवा नेता पार्टी एकता कायम राख्न पार्टी मुख्यालय गएर धर्ना दिएको बताए। “जब जब पार्टी एकता सङ्कटमा पर्दछ । त्यति बेला हामी युवा नेता एकजुट भएर पार्टी एकताका पक्षमा शीर्ष नेतालाई दबाब दिने गर्दछौँ”, उनले भने, “अहिले पनि हामी पार्टी विभाजन नभई एकताको सन्देश दिनका लागि एकजुट भएका छाँै ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies