Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छीन् । राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताइन्।

उनले भनिन्, “यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई तथ्याङ्क दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानूनमा संशोधन गर्न तयार छ ।” अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घरघरमा समृद्ध ल्याउन सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधनलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो औँल्याउँदै मन्त्री अर्यालले सहकारी अब एक क्षेत्रमा मात्र सीमित भएर नहुनेमा जोड दिए। “जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यसम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानूनी अड्चन फुकाइन्छ”, उनले भनिन्।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले ‘जलवायु कार्यका लागि सहकारी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडि बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानशीलता र अनुकूलन क्षमता वृद्धि गर्न सदस्यलाई तयार पार्नुपर्ने बताए। युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिने बताए। महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका ‘गाइडलाइन’ तयार गरिएको बताए। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए ।

नेफ्स्कुन पुरस्कृत

दिवसका अवसरमा विभिन्न सहकारी सङ्घ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । मन्त्री अर्यालले केन्द्रीय सहकारी सङ्घमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ ९नेफ्स्कुन० का पुरस्कृत सङ्घका अध्यक्ष परितोष पौडेललाई प्रदान गरे। त्यसैगरी जिल्लास्तरीय सङ्घमध्येबाट जिल्ला सहकारी सङ्घ लि बाँके पुरस्कृत भएको छ ।

प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न पाँच प्रदेशका सहकारी संस्थालाई सम्मान गरिएको छ । प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था रौतहट, वाग्मती प्रदेशबाट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था काठमाडौँ, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था कास्की, प्रदेश ५ बाट जनउत्थान साकोस रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था सुर्खेत पुरस्कृत भए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies