Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो ।

रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ ।

त्यसैगरी भवन, ह्याङ्गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए ।

आयोजना प्रमुख मुनकर्मीले भने, “हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन ।” बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो । गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १०० नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन् ।

यसअघि सो आयोजनामा ५०० मजदुरले काम गर्दथे । अङ्ग्रेजी नयाँ वर्ष मनाउन घर गएका कतिपय चिनियाँ कामदार कोरोनाका कारणले काममा फर्कन नपाउँदा आयोजनाको काम छ महिना आंशिक प्रभावित भएको बताइन्छ । तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो । कोरोनाका कारणले निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले पछिल्लोपटक सम्झौतामा उल्लेख समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिभिलतर्फका अधिकांश काम सम्पन्न भएकाले तोकिएको मितिमा आयोजनाको काम पूरा हुने विश्वास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इञ्जीनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने बताइन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies