Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विदेशबाट नेपाल भित्रिनेको लागि दिक्तेलमा रेडक्रसको दश श्ययाको होल्डिङ सेन्टर

दिक्तेल । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेलमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । विदेशबाट जिल्ला भित्रिने व्यक्तिलाई पिसिआर रिपोर्ट नआएसम्म राख्न रेडक्रसले दिक्तेलको पञ्च माविमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

रेडक्रसले आवश्यक सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले दश श्ययाको व्यवस्थित होल्डिङ सेन्टर निर्माण गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “जिल्ला बाहिरबाट भित्रिने स्थानीय बासिन्दालाई बिना पिसिआर परीक्षण घर पठाउँदा कोरोना सङ्क्रमण फैलिने सम्भावना देखिएको छ”, उनले भने, “सम्बन्धित व्यक्तिलाई सम्बन्धित स्थानीय तहले जिम्मा नलिउन्जेलसम्म सुरक्षित राख्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।”

रेडक्रसले निर्माण गरेको होल्डिङ सेन्टर शुक्रबार जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख गोमादेवी खत्रीलाई हस्तान्तरण गरिएको छ । रेडक्रसका सभापति कुमारसिं बस्नेतले ‘होल्डिङ सेन्टर’ लेखिएको ब्यानर शुक्रबार औपचारिक कार्यक्रम गरेर समन्वय समितिका उपप्रमुख खत्रीलाई हस्तान्तरण गरेको हो ।

होल्डिङ सेन्टरमा राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट मध्यपहाडी लोकमार्गको जयरामघाट नाका हुँदै जिल्ला भित्रिने स्थानीय बासिन्दालाई मात्र राखिने जनाइएको छ । होल्डिङ सेन्टरमा बस्ने व्यक्तिलाई लाग्ने खाना र नास्ताको खर्च उद्योग वाणिज्य सङ्घले व्यहोर्ने सङ्घका महासचिव मनोज बजिमयले बताए ।

रेडक्रसले यसअघि दिक्तेल बजारकै सरस्वती माविमा २० श्ययाको क्वारेन्टिन सञ्चालनमा ल्याएको थियो । सरस्वती माविमा सञ्चालित क्वारेन्टिनमा लाग्ने सम्पूर्ण व्यवस्थापन खर्च रेडक्रसले नै व्यहोर्ने रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए ।

सरस्वती माविको क्वारेन्टिनमा अहिले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगर फर्किएका १७ जनालाई राखिएको छ । दश स्थानीय तह रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies