Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

को बन्लान् आईजीपी ?

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै छन् । २८ औं आईजीपीको ‘दौड’ मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० द्वय शैलेश थापा क्षत्री र हरिबहादु पाल छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनीहरू दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । दुवै एआईजीका कार्यप्रकृति र कार्यशैली फरक छन् । दुवै जना विवादित देखिएका छैनन् । एआईजी क्षत्री तीन वर्षयता केन्द्रमै विभिन्न जिम्मेवारीमा काम गरिरहेका छन् ।

पालले प्रहरी नायब महानिरीक्षक ९डीआईजी० हुँदा २ नम्बर प्रदेश प्रहरी कार्यालय, विशेष ब्युरोको नेतृत्व सम्हाले । उनले एआईजी भएपछि मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् ।

क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए । एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको नेतृत्वमा छन् ।

कमान्ड कन्ट्रोल, नीति तथा योजना तर्जुमा र संगठन सुदृढीकरणमा दुवै जना सक्षम रहेको बुझाइ प्रहरी मुख्यालयकै अधिकृतको छ । प्रहरी संगठनले २०७० मंसिरयता चार जना नेतृत्व पायो । उनीहरू डीआईजीबाट सिधै आईजीपीमा बढुवा भए ।

अबको नेतृत्व भने एआईजीबाटै चयन हुनेछ । नेतृत्वमा पुग्न कार्यक्षमता, कार्यदक्षता, वरिष्ठता र योग्यतालाई आधार मानिँदै आएको छ । यी योग्यतामा दुवै जनाको उत्तिकै दाबी छ । उनीहरूले प्रहरी निरीक्षकदेखि एआईजीसम्म आइपुग्दा जिल्लादेखि केन्द्रमै भएका चुनौतीपूर्ण घटनानजिक रहेर काम गरेका छन् ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए । पालले सशस्त्र द्वन्द्वका बेला रोल्पा, रुकुम र डडेलधुरामा काम गरे। उनी एसपी हुँदा रूपन्देही, धनुषा, कास्कीको प्रहरी प्रमुख भए ।

भावी आईजीपीका लागि प्रमुख चुनौती भनेको संगठनको खस्किँदै गएको साख जोगाउनु हो । संगठनभित्र चरम राजनीतीकरण छ, खासगरी सरुवा–बढुवामा । आईजीपी ‘सेरेमोनियल’ भइदिने र नीति निर्णयमा सरकारले हस्तक्षेप गर्दै जाने हो भने नेतृत्व परिवर्तनले खासै अर्थ राख्ने देखिँदैन । भ्रष्टाचारमा शून्य सहनशीलतालाई मुख्य आधार बनाएको प्रहरीले अझै आफूमा निखारता ल्याउन सकेको देखिँदैन ।

एआईजी क्षत्री २८ वर्ष लामो सेवा अवधिपछि प्रहरी नेतृत्वमा पुग्ने अवसर आएको बताउँछन् । एकले अर्काको तेजोबध नगर्ने उनको भनाइ छ । ‘प्रतिस्पर्धीका हिसाबले म र हरिबहादुर पाल दुवै दाबेदार हौं । हामी दुवैसँग प्रहरी संगठनमा सेवा गरेको लामो अनुभव छ ।

कमान्ड कन्ट्रोलदेखि चुनौतीपूर्ण कार्यमा हामी अब्बल नै छौं’, उनी भन्छन्, ‘वर्तमान आईजीपीलाई छाडेर यसअघिका प्रहरी नेतृत्वमा पुग्न देखिएका अनेक चलखेलबारे हामीलाई ज्ञात छ । संगठन आईजीपी एक्लैले हाँक्ने होइन ।

नेतृत्व एउटाले लिन्छ, त्यति मात्रै हो । टिममा रहेर काम गर्नुपर्छ । विगतमा नेतृत्व परिवर्तन हुन तीन महिना बाँकी छँदै तँछाडमछाड गर्ने, एकले अर्काको तेजोबध गर्ने र दौडधुपलाई अवसरका रूपमा लिने कार्यबारे पनि हामी जानकार छौं ।’

पाल आफ्ना व्यक्तिगत र व्यावसायिक मित्र भएको उनको भनाइ छ । आईजीपी नियुक्ति नितान्त सरकारले गर्ने निर्णय भएकाले आफूले दाबी गर्नु स्वाभाविक भएको उनी बताउँछन् । एआईजी पाल आफूहरूबीच कुनै कटुता नरहेको बताउँछन् । संगठनको नेतृत्व पविर्तनको समयमा को बन्ला भन्ने कौतुहल हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

‘सरकारको निर्णयमा म अडिग रहन्छु । क्षेत्री मेरा मित्र मात्रै होइनन् लामो सयम एउटै संगठनमा रहेर काम गरिसकेको परिवारभित्रका सदस्य हुन् । हामीमा कटुता छैन’, उनी भन्छन्, ‘हामी दुईमध्येबाटै एक जनालाई सरकारले आईजीपीमा नियुक्ति गर्ने हो ।

त्यसकारण म आफ्नो दाबीलाई स्वाभाविक ठान्छु । हामी दुवैसँग प्रहरी हेडक्वार्टर कसरी चल्छ भन्ने ज्ञान छ । कार्य प्रकृतिको हिसाबले एआईजीबाट आईजीपी पाउनु संगठनको लागि गौरवको कुरा पनि हो ।’ सरकारले जसलाई आईजीपी बनाए पनि एकले अर्कोलाई सहयोग गरी मिलेरै जाने योजना रहेको उनको भनाइ छ ।

प्रहरी नियमावली २०७१ मा ‘एआईजीमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नेछ’ उल्लेख छ ।

‘नयाँ थिति बसाल्ने अवसर’
गोविन्द कुसुम, पूर्व गृहसचिव

आईजीपी नियुक्तिमा राजनीति हाबी हुने गरेको यसअघिका विभिन्न नियुक्तिले पुष्टि गरिसकेका छन् । अब यसरी चल्दैन । खासगरी फौजमा ‘चेन अफ कमान्ड’ नै महत्वपूर्ण मानिन्छ ।
प्रहरी नियमावलीमै लेखिएका कुरालाई अक्षरशः पालना गरेर सरकारले आईजीपी नियुक्ति गर्ने हो भने प्रहरी संगठनमा नेतृत्व विकासमा निखारता आउँछ ।

जुन बेला नियुक्ति आउँछ, त्यति बेलै राजनीतीकरण हुन थाल्यो र शक्तिकेन्द्र हावी हुन थाल्यो भने संगठनको गरिमामा आँच आउँछ । पहिला त नेतृत्वमा पुग्ने उम्मेदवारको क्षमता मापन हुन जरुरी छ ।

प्रहरी निरीक्षक वा असइमा भर्ना भएदेखि डीआईजी वा एआईजीसम्म पुग्दा उसले के राम्रो ग¥यो वा के राम्रो गरेन त्यसको विश्लेषण हुन जरुरी छ । विश्लेषण गरिएका कुरालाई संस्थागत अभिलेखीकरण गर्न जरुरी छ ।

अभिलेखीकरणअनुसार जसको क्षमता पुग्छ र संगठन हाँक्न सक्ने देखिन्छ उसलाई नेतृत्व चयन गर्नुपर्छ । सरकारले कार्यक्षमता राम्रो हुँदाहुँदै पनि सिनियरलाई छाडेर जुनियरलाई नेतृत्व दिने हो भने संगठन बिग्रन्छ र चेन अफ कमान्डमा ह्रास आउँछ ।

प्रधानन्यायाधीश र नेपाली सेनाका सेनापति चयनमै हेरौं न, त्यहाँ विवाद देखिँदैन । एक–दुई वर्षअघिबाटै कसले नेतृत्व पाउँछ, पहिल्यै थाहा हुन्छ । प्रहरी नेतृत्व विकासमा पनि यस्तै अभ्यासको जरुरी छ । अबको नेतृत्वमा दुई जनामध्येबाट एक जना हुने हो । सरकारले नियमावली नबिर्सियोस् । कार्य अभिलेखको आधारमा नियुक्ति गर्दा राम्रो हुन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies