Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेकपा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा, एकता जोगाउन यस्तो पहल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ ।

पछिल्ला घटनाक्रमका बीच आज बसेकोे सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ ।

आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष दाहालले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिएका थिए ।

स्थायी कमिटीको बैठक शुरु भई अघिल्ला दिन चल्दै आएका विषयवस्तुमा अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु गएका थिए। केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । स्थायी कमिटी बैठक रोकेर प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल छलफलमा जुटे। त्यहीबीचमा अध्यक्ष दाहालले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गरेका थिए ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराएका थिए। सो अवधिमा स्थायी कमिटीको बैठक पुनः बस्ने हो÷होइन भन्ने अन्योलमा सदस्यहरु परेका थिए भने सञ्चारकर्मीहरु कुनै नयाँ वा महत्वपूर्ण समाचारको प्रतीक्षामा भेला भएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाएका थिए । शीतल निवासबाट फर्केपछि दिउँसो ४ः३० बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि तोके । कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली आजको पार्टीको बैठकमा उपस्थित भएको थिएनन् ।

प्रवक्ता श्रेष्ठले पत्रकारसँग भने, “यस्तो नहनुपर्ने हो । यसले गर्दा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन ? भन्ने चिन्ता पैदा भएकाले पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ तुल्याउनुपर्छ भन्ने स्थायी कमिटीका सदस्यहरुको जोड रहेको छ ।” पार्टी एकताका सङ्कट भनेको के हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “समाचारको सबै भाषा मैले नै मिलाइदिनुपर्ने ? सङ्कट भनेपछि बुझ्नुस् न । पार्टीलाई यो सङ्कटबाट बचाउनुपर्छ । हामी सबैले प्रयत्न गर्नुपर्छ ।” उनले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गरे।

रासससँग कुरा गर्दै स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताए। उनले भने, “प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गरेनन् । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।” तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

यही असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा ९एमाले० नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यही असार १४ गते जननेता मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले सरकार हटाउन भारतका संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए ।

प्रकाश सिलवाल, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies