Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पर्यटकीय क्षेत्र कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा

खाँदबारी । पर्यटकीय क्षेत्रको महत्व बोकेको सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने कप्दाने पोखरीको संरक्षणको नहुँदा पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरु भोटयुद्ध गर्न जाने क्रममा आफ्ना हतियार बोक्न नसकेर खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर आउँदा ती खाल्डोमा आफ्ना सामग्री पूरै पुरिएर पोखरी बनेको धार्मिक किंवदन्ती छ । आफ्ना युद्ध सामग्री राखेको स्थान अत्यन्तै गहिरो भई पुरिएपछि निकाल्न नसकेको र सोही समयदेखि हालसम्म पानी नसुकेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक महत्व बोकेको पोखरी संरक्षण नहुँदा अहिले पोखरी पुरिँदै जान थालेको छ । पोखरी वरिपरि माटोले पुरिँदा पोखरीको क्षेत्रफलसमेत सानो हुँदै गएको छ भने झार र रुखबाट झरेका पातले भरिन थालेको छ । पोखरी वरिपरि माटोको दलदल भएकाले भासिने डरका कारण कोही पनि पोखरी नजिक जान नसकेको स्थानीय भक्त गुरुङले बताए । भासिएर पुरिने डरले नजिक जान नसकिने गुरुङको भनाइ छ ।

कप्दाने पोखरी र मन्दिर परिसर घना जङ्गलभित्र रहेकाले सो जङ्गलमा नेपाल बाहिरका चरासमेत बसाइँ सरेर आउने गरेको वातावरणविद् तीर्थबहादुर श्रेष्ठले जानकारी दिए । सो जङ्गल मकालु वरुण राष्ट्रिय निकुञ्जसँग जोडिएकाले अन्य वन्यजन्तुसमेत आउने गरेको वातावरणविद् श्रेष्ठको भनाइ छ । उक्त जङ्गलमा साइप्रसबाट समेत केही समयका लागि चराचुरुङ्गी आउने गरेको श्रेष्ठले बताए ।

कप्दाने पोखरी क्षेत्रसँगै विभिन्न देवीदेवताको मन्दिर भए पनि संरक्षण हुनसकेको छैन । त्यस मन्दिर परिसरमा शिवरात्रि र वैशाखे पूर्णिमाको बेला मेला लाग्ने गरेको स्थानीयवासीको भनाइ छ । केही वर्ष पहिले पोखरी निकै ठूलो भए पनि अहिले माटो र झारपातले भरिँदै जाँदा पोखरीको क्षेत्रफल घट्दै थालेको छ । पोखरी संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिने हो भने कुनै दिन पोखरीको नामोनिशान हराउने निश्चित देखिन्छ ।

यस्ता ऐतिहासकि महत्व भएको पोखरीको संरक्षणमा सरकोकारवालाको ध्यान जानु जरुरी छ । केही वर्षअघिसम्म करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको पोखरी अहिले एक रोपनी क्षेत्रफलमा सीमित हुने पुगेको छ । यस पोखरीमा विभिन्न प्रकारका चराचुरुङ्गी पाइने, पोखरीमा ठूला खालका र विभिन्न प्रजातिका भ्यागुता पाइने र धार्मिक मन्दिरसमेत रहेकाले त्यस क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जरुरी रहेको पर्यटन व्यवसायी मनबहादुर लिम्बूले बताए । त्यस क्षेत्रबाट विश्वको पाँचाँै अग्लो मकालु हिमाल, मत्स्यपोखरीलागायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies