Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

काठमाडौं। वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ । गत १० असारमा बौद्धबाट पक्राउ परेका तिब्बती मूलका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङको अस्वाभाविक सम्पत्ति देखिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कुन्जोक वन्यजन्तु तस्करी मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त हुन् । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्येका एक रहेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए ।

प्रारम्भिक छानबिनमा उनको अर्बौको सम्पत्ति भेटिएको छ । दुई अर्बको त बैंकिङ कारोबार मात्रै गरेको देखिन्छ । बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका कुन्जोकको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । उनले गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका थिए ।

कर्णाली गार्मेन्ट पसल पनि चलाएका छन् । आफन्तहरूको नाममा कुन्जोकले करोडौँ सम्पत्ति लुकाएको प्रहरी आशंका छ । उनको सम्पत्तिको विवरण प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ । वन्यजन्तु तस्करीबाट उनले अथाह सम्पत्ति जोडेको प्रहरीको आशंका छ ।

०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा कुन्जोकको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसवेला स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाका छाला, दुई सय ३८ वटा ओतका छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरू पक्राउ परेका थिए ।

उनीहरूकै बयानका आधारमा तस्करीमा कुन्जोकको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर कुन्जोकको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआइबीले १० असारमा पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा १३ असारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

१५ वर्षपछिको सफलता

कुन्जोकको पक्राउलाई अन्तर्राष्ट्रियस्तरमै वन्यजन्तु अपराधविरुद्ध महत्वपूर्ण सफलता मानिएको छ । उनलाई पक्राउ गर्न ठूलै प्रयास भएको थियो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । अन्तर्राष्ट्रिय गिरोहहरूसँग संलग्नता देखिएको भन्दै इन्टरपोलले उनको बारेमा सूचना दिने गरेको थियो ।

‘मोस्टवान्टेड’ भए पनि कुन्जोक अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोक लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोकछिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए ।

१५ वर्षपछि कुन्जोक लामा र कुन्जोकछिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि भएको छ । ‘इन्टरपोलबाट हामीलाई कुन्जोकछिरिङ तामाङको बारेमा सूचना आइरहेको थियो,’ सिआइबीका एक अधिकारीले भने, ‘हामी कुन्जोक लामा खोजिरहेका थियौं । अहिले आएर दुवै नाम एकै व्यक्तिको भएको पुष्टि भएको छ ।’

कुन्जोकले त्यतिखेर प्रयोग गरेको सिमकार्ड अहिले पनि प्रयोग गर्दै आएको खुलेको छ । अभियुक्तहरूले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिने वेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ ।

विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुन सकेको थिए । त्यतिवेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास गरेको स्रोत बताउँछ ।

पक्राउ पर्ने डरले केही महिनायता कुन्जोक आफ्नो घरमा समेत बस्न छाडेका थिए । साथीहरूसँग जमघट तथा जुवा खेल्न मात्र कहिलेकाहीँ घरमा जाने गरेको खुलेको छ ।

प्रहरीकै संरक्षण ?

सिआइबीले गत वर्ष नै कुन्जोकलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा प्रहरी नेतृत्वका कारण रोकिएको स्रोत बताउँछ । नेतृत्वले स्वीकृत नदिएपछि पक्राउ गर्न गएको सिआइबीको टोली रित्तो हात फर्किएको थियो ।

यसबाट पनि उनको कुन तहसम्म सम्बन्ध छ भन्ने देखाउँछ । प्रहरीका धेरै उच्च अधिकारीसँग कुन्जोकको निकटता देखिएको स्रोत बताउँछ । कतिपय प्रहरी अधिकारीले उनी ‘मोस्टवान्टेड’ व्यक्ति भनेर थाहा नपाएर पनि संगत गरेको पाइन्छ । केहीले उनलाई नै कुन्जोक लामाबारे सूचना मागेको समेत खुलेको छ । जसमा उनले गलत सूचना दिएर प्रहरीलाई झुलाएको अहिले पत्ता लागेको छ ।

कुन्जोकको नेपालमा कर्णाली गार्मेन्ट पसल नामक कम्पनी छ । आफूलाई गार्मेन्ट व्यवसायीका रूपमा चिनाउने गरेका छन् । तर, अहिले पनि उनी अन्तर्राष्ट्रिय नेटवर्कमा रहेर वन्यजन्तुको तस्करी गरिरहेको स्रोत बताउँछ । भारतको सिलगुढीमा समेत उनको सम्पत्ति छ । त्यहाँ पनि पस्मिनाको नाममा उनले सहतुसको अवैध तस्करी गर्दै आएको सूचना इन्टरपोलको छ ।

६ सय बाघको चोरी–सिकारी

भारतीय सुरक्षा अधिकारीहरूबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार कुन्जोक आबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी–सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ ।

कुन्जोक लामा
भारतीय प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद गरेको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा कुन्जोकलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेको समूहले त्यसअघि पनि आफूहरूले पटक–पटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए ।

कुन्जोक भारतमा पनि ‘मोस्टवान्टेड’को सूचीमा छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तरप्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बरामद भएको बाघको छाला तस्करी गर्ने नाइके उनी नै भएको खुलेको थियो । सोही आधारमा भारतले पटक–पटक नेपालसँग कुन्जोकलाई पक्राउ गर्नेबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् ।

कुन्जोक करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै छिन्, उनी जोरपाटीमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

प्रहरीदेखि केही नेताहरूसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताएको छ । उनी पक्राउ परेपछि गिरोहका रहेका अन्य व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्टरपोलले पनि कुन्जोकको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies