काठमाडौं । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ । ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ । एटिएममा गएर हामीले पैसा त निकाल्छौ तर त्यो कति सुरक्षित छ त ? पैसाको माध्यमबाट कोरोना भाइरसलगायत विभिन्न सङ्क्रमण फैलिने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ ।
अध्ययनले के भन्छ त ?
न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ । विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । एक तथ्याँक अनुसार अमेरिकामा वार्षिक ३६ हजार मानिसहरु फ्लूसंग सम्बन्धीत रोगहरु लागेर मृत्यु हुने गरेका छन् । तीमध्ये १० प्रतिशतको मृत्यु पैसाबाट फ्लू लागेर हुने गर्छन् ।
यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो । पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ । क्यासको विकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ । कार्ड पनि सङ्क्रमित हुनसक्छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।
सरकारको निर्णय कस्तो छ ?
कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ । पैसाको माध्यमबाट कोरोना भाइरस सङ्क्रमण सर्न सक्ने उच्च सम्भावना देखिएपछि सरकारले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने÷गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्न बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा वा इन्सोरेन्स कम्पनीहरु, कम्पनी रजिष्टारको कार्यालयसँग सम्बन्धीत सुपर मार्केट तथा नगदको अत्यधिक प्रयोग हुने सम्पूर्ण क्षेत्रमा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने गराउने निर्णय गरेको हो ।
नेपाल राष्ट बैंकले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले पैसा जम्मा गर्दा तथा सतही भुक्तानी गर्दा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउने व्यवस्था मिलाउन पटक पटक निर्देशन दिदैं आएको छ । यस प्रकारको कार्यमा खर्च गरेमा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत लेखापरीक्षण प्रतिवेदनमा खर्च देखाउन सकिने व्यवस्था गरेको छ । तर कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिरहेको अहिलेको अवस्थामा पैसाबाट सर्न सक्ने सङ्क्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले कीटाणुनाशक उपकरण प्रयोगलाई व्यापकता दिन सकेको छैन् ।
पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् रु
विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इन्जिनियर राम बाडेले बताए । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । “दैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो”, उनले भने, “जति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ ।” दैनिक रुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ ।
कसरी कीटाणुरहित बनाउने ?
पैसामा भएको व्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उहाँको भनाइ छ । इन्जिनियर बाडेका अनुसार ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट पैसालाई सहज रुपमा कीटाणुनाशक बनाउन सकिन्छ । तर ‘युभी रे टेक्नोलोजी’ले पैसाको हरेक तहलाई कीटाणुनाशक बनाउन सकिदैन् । “युभी रे को सम्पर्कमा आउँदा मानव शरीरमा छाला क्यान्सर तथा रोगविरुद्घ लड्न सक्ने क्षमतामा हस आउनेजस्ता विभिन्न किसिमका प्राणघातक सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो, “युभी रे टेक्नोलोजी र जेर्मिसाइड मेथोडबाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएकाले यो उपयुक्त हो ।” “प्लाज्मा आयोन टेक्नोलोजीले मानवीय शरीरमा सकारात्मक परिवर्तन गर्ने गर्छ । वरपरको हावामा भएको सम्पूर्ण ब्याक्टेरिया, भाइरसलगायत अन्य कीटाणुलाई नष्ट गर्छ । साथै यो प्रविधिको प्रयोगले मानव शरीरको छालासमेत नरम, मुलायम र स्वस्थ्यकर बनाउनमा सहयोग गर्छ । त्यसैले वातावरण र मानवमैत्री भएकाले पैसालाई सङ्क्रमणरहीत बनाउन यो प्रविधि सबैभन्दा उपयुक्त देखिएको छ”, उनले भने ।
प्लाज्मा आयोन टेक्नोलोजीले कसरी कार्य गर्छ ?
भाइरस साह्रै सूक्ष्म भएका कारण अनि सजीव र निर्जीव दुवैका लक्षण बोकेको हुनाले यसलाई यी दुई बीचको जोडक पनि भन्ने गरेका छन् । अर्कातिर, यति दु्रत गतिमा आश्रय लिएको जीवमा प्रजनन गर्छ, जसले प्रोटिनको खोल ओढेर छक्याइदिन्छ । यो प्रविधिले पैसालाई भाइरसबाट सङ्क्रमणरहीत बनाउन सहयोग गर्छ । प्लाज्मा आयोनको पोजेटिभ आयोन र निगेटिभ आयोनले वायुवाट उत्पन्न ब्याक्टेरिया, भाइरसको प्रोटिन सतहलाई नष्ट गरिदिन्छ ।
संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स ९युएई० लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक व्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने यस्ता उपकरण प्रयोगमा ल्याइसकेका छन् ।
“पैसाबाट सर्ने यस्तो प्राणघातक रोगबाट बच्न कीटाणुनाशक उपकरण (प्लाज्मा आयोन टेक्नोलोजी)प्रयोग गर्नु अहिलेको आवश्यकता हो”, उनले भने, “यसका लागि सरकार र नेपाल राष्ट बैंकले प्रभावकारी भूमिका निर्वाह गर्नै पर्दछ ।” विशेषज्ञहरूका अनुसार कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्मको अवस्थामा पैसाबाट हुन सक्ने सङ्क्रमणलाई रोक्न प्लाज्मा आयोन टेक्नोलोजी प्रभावकारी सावित हुन सक्छ ।
प्रतिकृया लेख्नुहोस्: