Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सुनको मूल्य आकाशियो, सुनचाँदी व्यवसायमा निर्भर मजदूर सङ्कटमा

कैलाली । सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर सङ्कटमा परेका हुन् । उसो त मजदूर मात्र होइन, स्वयम् सुनचाँदी व्यवसाय पनि धरापमा छ ।
सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोवार शून्य जस्तै छ । दुई हप्तासम्म ग्राहक आएका छैनन् । पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् ।

गत चैत १० गते सुनको मूल्य प्रतितोला रु ७६ हजार थियो आज रु ९२ हजार पाँच सय छ । कारोवार नभएपछि व्यवसायी बैङ्कको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् । ‘‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन’’, सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष देवहादुर सुनारले भने, ‘‘चार सय व्यवसायी र एक हजार मजदूर सङ्कटमा परेको अवस्था छ ।’’

उनले काठमाडौँबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको बताए । ‘‘सुनचाँदी व्यवसाय सङ्कटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ । मजदूर भोकभोकै छन्’’, अध्यक्ष सुनारले भने, ‘‘ यति बेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ ।’’

कैलालीमा करीब चार सय सुनचाँदी व्यवसायी छन् । लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा दुई किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो । लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ । ‘‘समस्या पनि थियो, मूल्य पनि रामै्र थियो तर व्यापारीले सुन किन्दैनन्’’, टीकापुर–५ की झरना रिमालले भन्नुभयो, ‘‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ । बिक्री नगरी फर्कन थाल्दै छु । सुन किन्न व्यापारीले पैसा छैन भन्छन् ।’’
पेशा सङ्कटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन् । उनीहरु लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन् । लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताए । ‘‘
सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ । नयाँ वर्षदेखि असारसम्म राम्रो कारोवार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो’’, विकले भने, ‘‘यसरी चलाउन सकिएला जस्तो लागेन । अब अर्को व्यवसाय गर्छु ।’’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies