Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपा : शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

काठमाडौँ । “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान गर्दै भनेका छन्, “दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरौँ ।”

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन भई स्थायित्व र समृद्धिको लक्ष्यसहित साझा चुनावी घोषणापत्रका आधारमा प्राप्त दुई तिहाइ नजीकको जनमतको सम्मान गर्दै २०७५ जेठ ३ मा दुई पार्टीबीच ऐतिहासिक एकता भई नेकपा गठन भएको थियो । पार्टीको एकतामा खलल आउन नहुने जनाउँदै नेताकार्यकर्ताले जीवन्त पार्टीमा छलफल र बहस स्वाभाविक भए पनि सतहमै उत्रिएर आरोपप्रत्यारोप हुनाले त्याग, बलिदान र जनमतको अपमान भएको नेकपा निकट जिल्ला तथा जनसङ्गठनका नेतृत्वकर्ताहरुको भनाइ छ । मन्त्रिपरिषद् र स्थायी कमिटीमै रहेका घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत नेताले पनि सार्वजनिक आह्वान गरी संवाद, एकता र विश्वास सिर्जना गर्न आग्रह गरेका छन् ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भनी अभिव्यक्ति दिनुभएका विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो । यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेका विषयमा नेकपाका नेताकार्यकर्ताको संलग्नता छ÷छैन भन्नेमा छलफल चलेको थियो । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

नेकपाको विद्यार्थी फाँटको जनसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरले पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य शीर्ष नेताबीच देखिएको विवाद आफूहरुलाई प्रिय नलागेको बताए । रासससँग कुरा गर्दै संयोजक महरले भने, “स्थायी कमिटीको बैठकमा उठेका कुराहरुले स्तब्ध बनाएको छ । जनताको विश्वासप्राप्त, त्यत्रो त्याग र बलिदान गरेका नेताहरुको कचिङ्गलले सबैलाई निराश बनाएको छ । उहाँहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । पार्टीको एकतालाई बलियो बनाएर बाँकी कार्यभार पूरा गर्न लाग्नुपर्छ ।”

उनले स्थायित्व र समृद्धिको नारासहित अध्यक्ष ओलीको अगुवाइमा निर्वाचन जितेको र अहिले उनै प्रधानमन्त्रीको राजीनामा माग्नु गलत र जनमतको उपहास हो भन्दै शीर्ष नेताहरु आपसमा बसेर विवाद मिलाउन र मिल्न नसके नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।

नेकपाको अर्को जनसङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालका सहसंयोजक सरल सहयात्रीले नेकपामा मात्र नभई कम्युनिष्ट आन्दोलनमै व्यक्तिवादी सोच हावी हुँदै आएकाले सिद्धान्ततः राम्रो भए पनि व्यक्तिगत टकरावका कारण आन्दोलन जोखिममा पर्ने भएकाले समस्याको समाधानका लागि विधिसम्मत छलफल गर्नाको विकल्प नभएको प्रतिक्रिया दिए । स्रष्टा सहयात्रीले भने, “आपसी विवादलाई पार्टी फुट वा सम्पत्ति बाँडफाँटका रुपमा लिइनु दरिद्र सोच हो । पार्टीमा विधिकेन्द्रित छलफल हुनुपर्छ । समझदारीबाट समाधान नभए अल्पमत÷बहुमतबाट पनि निकास निकाल्न सकिन्छ ।”
नेकपाको डडेल्धुरा जिल्ला कमिटीका कार्यालय सदस्य धनबहादुर साउदले पनि पार्टीको उच्च नेतृत्वमा देखिएको विवादले आफूलाई दुखित तुल्याएको जनाउँदै जिल्लास्तरका कार्यकर्ताहरु पार्टीमा अझ बलियो एकताका पक्षमा रहेको बताए । उनले सरकार र पार्टीको समन्वय हुनुपर्नेमा जोड दिए।

विवादका नयाँ विषयका कारण पूर्वनिर्धारित नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको कामकारवाहीको विषय स्थायी कमिटी बैठकमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० लगायत कार्यसूची पछि परेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies