Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान, उपत्यकामा जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारीसाधनको जाम छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - पैदल यात्रुको उस्तै चाप छ । लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ । पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ । दैनिक औसत ८ सय जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् ।

काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन् । तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन् । उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको । यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन् ।

‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो । त्यो थाहा भएन’, महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘तर, वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ ।’

कोरोना ७७ वटै जिल्लामा फैलिएको छ । देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमुना परीक्षण हुन्छ ।

काठमाडौंमा डेरामा आउनेलाई घरभेटीले पीसीआर परीक्षण रिपोर्ट ल्याउन दबाब दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाहिरबाट आएका व्यक्ति मापदण्ड बमोजिम दुई सातासम्म क्वारेन्टाइनमा बसेको प्रमाण छ र कोरोनासम्बन्धी लक्षण छैन भने पीसीआर नगरी घर पठाउन मिल्छ।

तर, डेरावालहरू रिपोर्टका लागि टेकु अस्पतालमा दैनिक औसत ८ सय जनाको भीड लाग्ने गरेको छ । रिपोर्टबिना घरभेटीले घरमा छिर्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा. गौतम बताउँछन् ।

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन । जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन् । स्थायी मात्र लेखाउँछन ्। कोरोना परीक्षण गर्न आउनेको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको छ ।

‘काठमाडौंमा बसेका हुन्छन्, फारममा स्थायी ठेगाना लेखेका हुन्छन् । टेलिफोन उल्लेख हुन्छ । कोरोना पोजिटिभ भएपछि चिन्ता हुन्छ । खोजीनीति गर्दा मोबाइल स्विच अफ हुन्छ’, डा. पाण्डे भन्छन्, ‘यस्तो नगर्न तपाईंहरूको पत्रिकामार्फत अनुरोध गर्छु ।’

कन्ट्याक्ट टे«सिङमा गएको बेला आफैं संक्रमित हुन पुगेका महाशाखाका चिकित्सकले भने ढाँटेनन् । पहाडी जिल्लामा घर भए पनि उनले अस्थायी ठेगाना ललितपुर भएको जानकारी दिएका थिए ।

अर्का एक जना लमजुङ ठेगाना भएको व्यक्ति काठमाडौंमा बस्दै आएको पाइएको छ । ‘सुनसरी ठेगाना बताएकी महिलामा संक्रमण पाइएपछि खोजीनीति गर्दा भक्तपुरमा डेरा लिई बसेको पाइयो’, कन्ट्याक्ट ट्रेसिङमा संलग्न एक स्वास्थ्यकर्मी भन्छन्, ‘दाङ र लमजुङ घर भएका व्यक्तिको डेरा काठमाडौं रहेको पाइयो ।’

उपत्यकामा बसिरहेका व्यक्तिले गाउँको ठेगाना दिने गरेका कारण झन् जोखिम बढेको हो । को व्यक्तिबाट कसरी काठमाडौंमा संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न कठिन भइरहेको रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मी बताउँछन् । पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएको पाइएको छ ।

राष्ट्रिय सूचना आयोगले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको जनाएको थियो । आयोगकी प्रवक्ता कमला ओलीका अनुसार स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक–फरक हुन सक्दछ । एउटा मात्र स्थानबारे उल्लेख गर्दा सर्वसाधारणमा अन्योल पाइएको छ ।

आयोगले कोरोना संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले आदेशसमेत दिएको छ ।

कोरोना परीक्षण गर्न आउने व्यक्तिले फारममा आफ्नो मोबाइल नम्बर र ठेगाना स्पष्टसँग उल्लेख गर्नुपर्ने डा. पाण्डेको भनाइ छ । ‘फारम भर्ने स्वास्थ्यकर्मीलाई कामको चाप छ । दुईथरी काम गर्न भ्याइनभ्याइँ हुन्छ’, उनी भन्छन्, ‘त्यही भएर परीक्षण गर्ने व्यक्ति स्वयं जिम्मेवार हुनुप¥यो । पछि भेट्न सजिलो हुने ठेगाना र टेलिफोन नम्बर दिए समस्या हुने थिएन ।’
उपत्यकामा जोखिम बढ्यो

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका १ महिला र भक्तपुरका १ महिला छन् । सोमबार मात्रै उपत्यकामा ८ जनामा संक्रमण देखिएको थियो । लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies