Khabar Dabali Logo
  July 12, Sun

इच्छाकामना गाउँपालिकाले टोलटोलमा कक्षा सञ्चालन गर्ने

मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक रहेका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरुपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको अध्यक्ष गुरुङले बताए ।

शिक्षकहरुलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताए । उनका अनु्सार तत्काल गाउँपालिका भित्रका शिक्षकबाट पठनपाठन शुरु गरिनेछ । बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागि गराइनेछ । गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन् । सार्वजनिक र निजी दुवैमा टोल शिक्षा लागू हुनेछ ।

असार १६ गते, २०७७ - १५:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माछाको विषयमा झडप हुँदा एक महिलाको मृत्यु

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा...   

रसुवागढी नाकाः भन्सार प्रक्रिया शुरू

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका...   

सहकारीको ४५ करोड रकम हिनामिना गर्ने मुख्य अभियुक्त पक्राउ

राँझा । रु ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका...   

सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने, यातायात श्रमिकको स्वास्थ्यलाई ध्यान दिन आग्रह

काठमाडौँ । यातायात व्यवसायी तथा यातायात मजदूरहरुले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई ध्यान...   

२०७ औँ भानु जयन्तीमा अभिनवको विशेष साहित्यिक कार्यक्रम आयोजना

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले जोरपाटीमा विशेष...   

एकै दिन १६ अन्तर्राष्ट्रिय उडानः १ हजार ४१४ नेपाली स्वदेश फर्किए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका...   

सुरक्षाको कारण देखाउँदै सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध

सान फ्रान्सिस्को । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ–आफ्नो...   

जनताको विश्वास कसैले चुकाउनु हुँदैनः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न...   

म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, ३ घाइतेको उद्धार

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।...   

लकडाउनको असर : ठूला विकास निर्माण झण्डै पाँच अर्बका योजना अलपत्र

झापा । लामो समयदेखि लकडाउनका कारण झापामा सञ्चालित ठूला विकास निर्माणका आयोजना अलपत्र परेका छन् । झण्डै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top