Khabar Dabali Logo
  July 9, Thu

बाँझोे जमीन खोज्दै खेती गर्नेहरु यस बर्ष थपिए

लमही । जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् ।

बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरु यस वर्ष थपिएका छन् । केही वर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमीनलाई घडेरी बनाउने कार्य पनि पछिल्लो समय रोकिएको छ ।
कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु पनि अहिले गाउँघरमै खेतीपातीमा लागेका छन् । यसले गर्दा खेतीका लागि जनशक्ति पनि थपिएको छ ।

स्थानीय तहले पनि खाद्य सुरक्षा, रोजगार प्रबद्र्धन तथा गरीबी निवारण कार्यक्रमअन्तर्गत महामारीको कारणले रोजगारी गुमाएर फर्किएका स्थानीय नागरिकलाई रोजगारमूलक कार्यक्रम ल्याएका छन् । उनीहरुले आफ्ना पालिकामा तथ्यांक लिएर योग्यता, सीप, क्षमता र अनुभवका आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराइने र बेरोजगारलाई सीपमूलक तालीम सञ्चालन गरी बीउ पूँजी वा प्राविधिक सहयोग उपलब्ध गराइने नीति तथा बजेट ल्याएका छन् । त्यससँगै एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइने र खाद्य उत्पादन वृद्धि र सुरक्षित भण्डारण गरी शून्य भोकमरी अभियानलाई निरन्तरता दिइने नीति कार्यक्रम ल्याउँदै बजेटमा त्यसलाई सम्बोधन भएको छ ।

त्यस्तै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गरी उत्पादनमा वृद्धि गरिने, भूउपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरेर कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिने र जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिने नीति ल्याएसंँगै जिल्लामा बाँझो जग्गा प्रयोगमा आउन थालेको छ ।

सम्बन्धित निकायसँग यति नै बाँझो जग्गामा खेती शुरु भयो भन्ने तथ्याङ्क नभए पनि यस वर्ष बाँझो जग्गामा खेती शुरु भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत भरतराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘धानको बीउ, मल जुन रुपमा लगिएको छ, त्यसले य वर्ष अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफलमा खेती हुने अनुमान गरिएको छ ।’’ गत साल ३५ हजार हेक्टरमा धान खेती गरिएकामा यस वर्ष लगभग थप तीन हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ ।

दाङको जमीनमा प्रतिहेक्टर साढे तीनदेखि चार मेट्रिक टन धान उत्पादन हुन्छ । ‘यस वर्ष गाउँघरतिर जमीन बाँझो नरहने अवस्था बनेको छ’’, लमहीका रोमबहादुर केसीले भन्नुभयो ।
विदेशबाट फर्केकाहरु मात्र हैन, जिल्ला बाहिरबाट आएकाहरुले पनि खेती गरेका छन् । जिल्लामा धान मात्रै हैन, करेसाबारीको उत्पादनसमेत बढेको अनुमान गरिएको छ । वर्षे तरकारीका बीउ पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बिक्री भएको कृषि प्राविधिक माधव केसीले जानकारी दिए । ‘‘धान, तरकारीसँगै अन्य कृषि उत्पादन पनि बढ्ने देखिन्छ, घरको छेउछाउको बाँझो जमीनमा पनि खेती भएको छ’’, केसीले भने । भारतबाट फर्किनुभएका केशव वलीले भारतमा आफ्नो रोजगारी गुमेकाले गाउँमै खेत भाडामा लिएर धान रोप्न थालेको बताए ।

असार १६ गते, २०७७ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदस्य अन्सारीको अभिव्यक्तिप्रति आयोगद्वारा खेद प्रकट

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति...   

बाढीले बगायो सिंचाइ कुलोः एक हजार रोपनी खेत बाँझै

सल्यान । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको...   

इस्तानबुलमा १० जना शंकास्पद विदेशी नागरिकलाई प्रक्राउ

इस्तानबुल । टर्कीको प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी...   

विभाजित विश्वले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन :स्वास्थ्य संगठनको भनाइ

जेनेभा । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि...   

टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग

सिड्नी । विवादमा पर्दै आएको टिकटक एपलाई अष्टे«लियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको...   

ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे...   

नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल

राँझा । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक...   

जानकी गाँउमा एक हजार १०० फलफूलका विरुवा वितरण

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक...   

साउनदेखि टोलटोलमा शिक्षक परिचालन गरि पठनपाठन सञ्चालन गर्ने

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन...   

१० वर्षपछि कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top