Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यसरी पर्दैछ इपिएस पास ३ हजार नेपाली युवाको रोजगारी संकटमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वेवास्ता गर्दा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा र सीप परीक्षण पास गरेका तीन हजार बढी युवाको रोजगारी संकटमा परेको छ ।

बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले ईपीएसअन्तर्गत श्रमिकको रुपमा काम गर्न जानेलाई दुई देशको आपसी सल्लाह र सहमतिमा लैजानका लागि अनुमति दिए पनि मन्त्री यादवले त्यसको कार्यान्वयनमा चासो नदेखाउँदा तीन हजार बढी युवाहरूको रोजगारी संकटमा परेको हो ।

मन्त्रिपरिषद्को निर्णयबाट खुसी भएका युवा कार्यान्वयन नहुँदा दुःखी भएका छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि श्रम मन्त्रालयले हालसम्म कुनै निर्णय र पहल नगर्दा वैदेशिक विभाग र विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखा आफैं अन्यौंलमा छन् ।

श्रममन्त्रीको वेवास्ताले आफूलगायत तीन हजारबढी युवाको रोजगारी संकटमा परेको भन्दै ईपीएस पास भएका अजय सोडारीले उचित मापदण्डसहित रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न माग गरे ।

उनले भने, ‘देशमा रोजगारी नपाएर विदेशिन बाध्य युवाहरू सरकारको कमजोर समन्वयका कारण पाएको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् ।’ उनले विभिन्न निकायमा धाइरहँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

अर्का युवा अमोज बरामले श्रम मन्त्रालयबाट कुनै निर्णय नहुँदा दुःखी, निराश र हतोत्साही भन्दाबढी आक्रामक बनाएको बताए । उनले चेतावनी दिँदै भने, ‘कोरोना जोखिमलाई मध्यनजर गर्दै तत्काल रोजगार प्रक्रिया शुरू नभए आन्दोलनमा जान्छौं । त्यसको मूल्य सरकारले वेहोर्नुपर्नेछ ।’

‘नेपालमा चैत्र ११ गते लकडाउन शुरू हुनु एक महिना अघिदेखि नै ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने प्रक्रिया शुरू भइसकेको थियो’, ईपीएस पास भएका अर्का युवक विरेन्दै बोगटीले आक्रोशित हुँदै भने, ‘तर, अहिलेसम्म हाम्रा समस्या र पीडालाई गम्भीरताका साथ लिइएन । सरकार र श्रममन्त्री गैरजिम्मेवार बने ।’

कोरियाले सीसीभीआई जारी गरेको ९० दिनभित्र त्यहाँ पुगिसक्नुपर्छ । अहिले उक्त अवधि बढाएर ६ महिना पुर्याइएको छ । १ हजार ४ सयको सीसीभीआई जारी भएको ४ महिना पुगिसक्यो । अबको डेढ महिनाभित्र कामदार रोजगारदाताले छानेको कम्पनीमा पुगिसक्नुपर्ने हुन्छ । समयमै पुग्न नसके रोजगारदाताले कामदार कटौती गरेर वैकल्पिक बाटो खोज्ने अधिकार छ ।

बोगटीले प्रश्न गर्दै भने, ‘सरकार र मन्त्रीका कारण हाम्रो रोजगारी संकटमा छ । ४ वर्षदेखिको मेहनत र लाखौं लगानी गरेर पाएको रोजगारी गुम्यो भने क्षतिपूर्ति कसले दिने ? हाम्रो भविष्य के हुन्छ ?’

रोजगारदाताले आजदेखि असार २३ गतेसम्म श्रमिक छान्ने प्रक्रिया शुरू गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । ‘तर, नेपालबाट सबै प्रक्रिया अनश्चितकालका लागि स्थगित हुनु सरकारको गैरजिम्मेवारपन हो । श्रम मन्त्रालयले दुई देशबीचको उच्चस्तरीय समन्वयसहित समाधान गरोस्’ बोगटीको माग छ ।

अर्का युवक रामहरी देवकोटा सरकारलाई प्रश्न गर्छन्, ‘कोरोना भाइरसका कारण बेरोजगारी बढ्दो छ तर देशको अर्थतन्त्र चलायमान गर्ने हजारौं युवालाई यसरी बन्दक बनाएर राख्नु उचित होला ?’

कोरोना जोखिमलाई मध्यनजर गर्दै ५ दिनभित्र रोजगार प्रक्रिया सुचारू हुने सूचना जारी गर्न माग गर्दै उनीहरूले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् । साथै सबै प्रक्रिया पुरा गरेर अन्तिम समय (मार्च १, २ र ३ तारिक) मा उडान स्थगित भएका १६५ श्रमिकलाई तत्काल कोरिया पठाउनुपर्ने माग पनि गरिएको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक कुमार दाहालले रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा र सीप परीक्षण पास गरेकालाई कोरिया पठाउने अन्य प्रक्रिया अन्तिम चरणमा रहेको र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्या भएको बताए ।

नेपाल सरकारले असार २१ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । त्यसका कारण समस्या भएको निर्देशक दाहालको भनाई छ । उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द छ । हामीले चार्टर्ड उडानमार्फत ईपीएस भएकाहरूलाई पठाउन खोज्दा कोरियाले त्यो मानेको छैन । चार्टर्ड उडानमार्फत कोरिया जाँदा टिकट पनि तेब्बर पर्न जान्छ ।’ सामान्य अवस्थामा कोरियाको टिकट ४५ देखि ५० हजारसम्म पर्छ ।

निर्देशक दाहालले चार्टर्ड उडानमार्फत ईपीएस पास भएकाहरूलाई पठाउने व्यवस्थाबारे समन्वय गरिदिन श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयललाई सोमबार पत्र पठाएको बताए ।

उनले भने, ‘कारिया सरकारले चार्टर्ड उडानमार्फत ईपीएस पास भएकाहरूलाई पठाउने अनुमति दिएमा र श्रमिकहरू जान तयार भएका एक हप्ताभित्रै सबैलाई पठाउँछौं ।’

आइतबार ज्ञापनपत्र बुझ्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवले ईपीएस पास भएकालाई कसरी कोरिया पठाउने भन्नेबारे प्रस्ताव सोमबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिवद्धता जनाएका थिए ।

लामो समयसम्म कुनै निर्णय नगरेर गैरजिम्मेवार बनेका श्रममन्त्री यादवले उचित मापदण्डसहित रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने र चाँडै रोजगारीका लागि कोरिया जान पाइने अपेक्षा ईपीएस पास भएकाहरूले गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies