Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सलहबाट बाली जोगाउन कर्णालीमा यस्तो सतर्कता

सुर्खेत । बाली नष्ट गर्ने सलह किरा नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पु¥याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए। “कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन”, उनले भने, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरु बताउँछन् ।

कर्णालीमा अहिलेसम्म सलह प्रवेश गरेको सूचना छैन । हावाको गतिसँगै सलह प्रवेश गर्नसक्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका कृषि अर्थ विज्ञ पण्डितका अनुसार सलहले एकपटकमा २०० किलोमिटर यात्रा गर्न सक्छ । सयौँको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा भए पनि यसले लगाएको बाली सखाप पारिदिन्छ ।

कृषि विकास निर्देशनालयले सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडी तयारी अवस्थामा राख्ने भएको छ । किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी सङ्घ सुर्खेतले विषादी तयारी अवस्थामा राख्नेछ भने निर्देशनालयको नेतृत्वमा कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्था, सहकारी, कृषि फर्मले पावर स्प्रे र गाडीको व्यवस्थापन गर्नेछन् ।

एकीकृत कृषि प्रयोगशालाको समन्वयमा सुर्खेतका नौवटै स्थानीय तहसँग समन्वय गरी किरा व्यवस्थापनसम्बन्धी माइकिङलगायतका प्रचारप्रसारका क्रियाकलाप गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकुने तथा किसान–२ परियोजनाले लेकवेशी, गुर्भाकोट, पञ्चपुरी, वीरेन्द्रनगरका किसानलाई सलह धपाउन जनचेतना फैलाउनेछ । त्यस्तै कृषि अनुसन्धान केन्द्र दशरथपुरले लेकवेशी र गुर्भाकोट नगरपालिकालाई लक्षित गरी सञ्चारमाध्यममा प्राविधिक सूचना तयारी उपलब्ध गराउनेछ ।

यसैबीच पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा फौजी किराको पनि आतङ्क छ । फौजी किराबाट सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जाजरकोटका किसान बढी पीडित बनेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यसको नियन्त्रणका लागि रु पाँच लाख बजेट खर्च भइसकेको जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies