Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

संयुक्त राष्ट्रसंघको गाडीभित्रै यौनसम्पर्क गरेको भिडियो भाइरल भएपछि...

एजेन्सी । आफ्नो कार्यालयको गाडीमा दुई कर्मचारीले गरेको यौनलिलाको घटनाले ‘स्तब्ध र गहिरो तनाव’ सिर्जना गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ईजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारिक गाडीमा यस्तो घटना घटेको थियो ।

ट्वीटरमा राखिएको १८ सेकेन्ड लामो भिडियोमा सेतो कारको पछाडिको सिटमा एक पुरुष देखिन्छन् र उनको उल्टोपट्टी रातो ड्रेस लगाएकी एक महिला चलायमान देखिन्छिन् । यी पूरुषले टिसर्ट र कट्टु मात्रै लगाएका छन् र कारको अगाडिपट्टीको सिटमा रहेका अर्का एक पुरुष निदाएजस्तो देखिन्छन् । यसपछि कारलाई सडकतर्फ लगिएको छ ।

यी कारमा बस्नेहरु जेरुसलेमस्थित शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघ ट्रस सुपरभिजन अर्गनाइजेशन (यूएनटीएसओ) का कर्मचारी रहेको विश्वास गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसका प्रवक्ता स्टेफाने डुजारिकले यसलाई ‘स्तब्ध र गहिरो तनाव दिने घिनलाग्दो हर्कत’ भनेका छन् ।

उनले संयुक्त राष्ट्रसंघ जेविरुद्ध उभिएको छ, यो हर्कत ती सबै मर्म विपरीत रहेको जनाएका छन् । डुजारिकले यस विषयमा छानविन निकै चाडोें सकिने अपेक्षा रहेको र यो जोडी पहिचान पहिचान हुने क्रममा रहेको जनाएका छन् ।
यसै साताको सुरुवातमा राष्ट्रसंघले यस भिडियोबारे जानकारी पाएको थियो र त्यतिबेला यो भिडियो कहाँ खिचिएको हो भन्ने विषय आफुलाई थाहा भएको जानकारी राष्ट्रसंघले दिएको थियो । ट्वीट प्रयोगकर्ताहरुले यस भिडियो हेरेपछि आफ्नो निराशा पोखेका छन् ।

पश्चिम अफ्रिकी शरणार्थी शिविरहरुमा हुने ‘खानाका लागि यौन’ बारेको ८४ पृष्ठ लामो रिपोर्ट तयार गरेर २००२ मै संयुक्त राष्ट्रसंघलाई बुझाइएको थियो, तर त्यो कहिल्यै प्रकाशित भएन । यस रिपोर्टले ४० भन्दा बढी सहयोगी संस्थाका कामदार (जसमध्ये सेभ द चिल्ड्रेन र मेडिसिन्स सान्स फ्रन्टियर्ससहितका १५ वटा प्रमुख अन्तर्राष्ट्रिय च्यारिटी)ले युवा शरणार्थीहरुलाई यौन दमन गरेको दाबी गरेको थियो । श्रोतः डेली मेल

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies