Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भ्रष्टाचारमुक्त र प्राज्ञिक विश्वविद्यालय बनाउँछु : उपकुलपति

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) का उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त र पूर्ण प्राज्ञिक बनाउनु आफ्नो पहिलो दायित्व भएको बाताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापकहरुसँगको आजको भेटघाटमा उपकुलपति प्राडा सिंहले विश्वविद्यालयलाई भ्रष्टचारमुक्त नगराए यो गतिहीन भएर जाने बताए । विश्वविद्यालयलाई भ्रष्टाचारको दलदलमा फसाइएको तर्क गर्दै उनले विद्यमान विकृतिहरुलाई रोकेर प्राज्ञिक थलोका रुपमा विकास गर्ने बताए । उनले भने, “यसअघिका पदाधिकारीले अनधिकृत रुपमा मासिक रु ४२ हजारसम्म भत्ता बुझ्ने गरेको पाइयो । जनताको रगत पसिनाले बनेको विश्वविद्यालयमा अनियमितता रोकेर अब सार्वजनिक रुपमा लेखपरीक्षण गरिन्छ ।” बैठक, सामान खरिद, विद्यार्थी भर्ना र चन्दादाताले दिएको पैसामा पनि भ्रष्टाचार भएको भन्दै उनले यस किसिमको अनियमितता बिल्कुल हुन नदिएर विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक र अनुसन्धामूलक गतिविधिमा अघि बढाइने बताए ।

उपकुलपति प्राडा सिंहले आफ्नो पालामा खरिद गरेका सबै आवश्यक सामग्री र हरहिसाब पदावधि पूरा गर्दा सार्वजनिक गर्ने बताउँदै यसअघिका पदाधिकारीले सामान खरिद गरेर कर्मचारीको नाममा भिडाइदिएको र कार्यकाल पूरा गरेर जाँदा सामग्री पनि लिएर गएको आरोप लगाए ।

प्रदेश सरकार, स्थानीय सरकार, केन्द्र सरकार र दातृ निकायसँग समन्वय कायम गरी यसलाई उदाहरणीय विश्वविद्यालय बनाउन पवित्र उद्देश्य लिएको भन्दै उनले यसलाई पूरा गर्न प्राध्यापक कर्मचारी सबैको सहयोग अपरिहार्य रहेको औँल्याए । योग्यता र क्षमताका आधारमा डिनलगायत पदाधिकारी नियुक्ति गर्ने, प्राध्यापक कर्मचारीको पदोन्नति, स्थायित्व र पेशागत सुरक्षाका निम्ति नीतिगत रुपमा सबैको सहकार्यमा अघि बढाइने उनको भनाइ थियो ।

केन्द्रीय र आङ्गिक क्याम्पसहरुका समस्याबारे गहन छलफल गरी प्राज्ञिक कार्य अघि बढाउँदै अनुसन्धानमा केन्द्रित गरी समुदायको अपनत्व बढ्ने कार्य गर्ने सोच बनाएको उनले भने, “अहिलेको अवस्थामा अनलाइन शिक्षालाई व्यवस्थित गर्न थालिएको छ । यसका लागि विश्वविद्यालयले आवश्यक निर्णय गरी कार्यान्वयन गर्न लागिरहेको छ ।”

उपकुलपति प्राडा सिंहले कर्णालीका जनताले विश्वविद्यालयबाट ठूलो अपेक्षा गरेको प्रस्ट्याउँदै उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने अभियानमा गलत गर्ने जो कोहीलाई कारवाही गरिने र जनताको सपना पूरा गर्न दत्तचित्त भएर लाग्ने विश्वास दिलाए । भेटघाटमा प्राध्यापक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष अमर रोकाय, करार प्राध्यापक सङ्घका अध्यक्ष डिबी गुरुङ, प्राध्यापकहरु लोकबहादुर ओली, खगेन्द्र अधिकारी लगायतको सहभागिता थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies