Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

काँग्रेस : अलपत्रमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्

काठमाडौँ । नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनुपर्ने उल्लेख गरेका छन् । सम्बन्धित कम्पनीले उद्धार गर्न सकेन वा चाहेन भने सम्बन्धित देशको सरकारलाई गराउनुपर्ने र सम्बन्धित देशको सरकारले पनि गरेन भने ढिलाई नगरी नेपाल सरकारले उद्धार गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले यही असार १ गते गरेको अन्तरिम आदेशअनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा तत्काल उद्धार गर्नुपर्ने पत्रमा उल्लेख छ । कोभिड–१९ बाहेकको कारण समस्यामा परेका, बिरामी, घाइते, गर्भवती, सुत्केरी तथा अन्य नेपाली कामदारको उद्धारका लागि पनि पहिला कम्पनी, त्यसपछि सम्बन्धित देशको सरकार र नभए नेपाल सरकारले उद्धार गर्न अविलम्ब कार्ययोजना ल्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।

सांसद सङ्ग्रौलाले विदेशबाट नेपाली कामदारको उद्धार गरेर ल्याउनु अघि उनीहरुले पाउनुपर्ने तलब, बीमा, उपदान, बिरामी बिदालगायतका सुविधा पाए÷नपाएको पत्ता लगाएर नपाएको भए सरोकारवाला कम्पनीहरुलाई दिन लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । स्वदेश ल्याइसकेपछि सक्ने कामदारले क्वारेन्टिनको व्यवस्था आफैँ गर्ने र नसक्ने कामदारका लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरुसँग समन्वय गरी निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव व्यवस्थापन तत्कालै गर्न आवश्यक रहेको र दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्बन्धित मुलुकमै गर्ने विषयमा परिवारसँग स्वीकृत लिई सो काममा ढिलाइ गर्न नहुने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तत्काल नेपाल फर्किन नचाहने तथा गन्तव्य मुलुकमा काम गरिरहेका श्रमिकहरुको हक, उनीहरुको खाना, बस्न, औषधोपचार, तलबलगायतको सेवा सुविधाको ग्यारेन्टी भए÷नभएको सम्बन्धित नेपाली दूतावासमार्फत बुझ्न लगाई यदि ती सुविधा नभएको भए दिलाउने व्यवस्था गर्नसमेत उहाँले सरकारको ध्यानाकर्षण गाराएका छन्् ।

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न काँग्रेस सांसदहरु गगनकुमार थापा प्रस्तावक तथा प्रकाश स्नेही र सङ्ग्रौला समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव गत वैशाख २९ गते प्रतिनिधिसभामा दर्ता गरिएको थियो । त्यस्तै सांसद सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई यसअघि दुई महिनामा दुई पटक भेटेर विदेशमा अलपत्र परेका नेपालीलाई छिटो स्वदेश फिर्ता ल्याउनेबारे ज्ञापनपत्र बुझाइसकेको जानकारी गराएका छन् । त्यसयता सरकारले चार्टर्ड उडान गरी खाडीलगायतका मुलुकहरुबाट नेपालीहरूलाई स्वदेश ल्याउने क्रम शुरु गरिसकेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies