Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सडकको लापरवाहीले टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

काठमाडौँ । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४ गरी चारवटा वडाको सेवाका कारण एक हजार ६०० टेलिफोन एवं एडिएसएल सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोरपाटी शाखाका प्रमुख खगेन्द्र कटुवालले राससलाई जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा बन्दाबन्दीमा घरमै बसेर इन्टरनेट सेवाका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।

घरमै बसेर काम गरिरहेका बेला पूर्वसूचना एक्कासि सेवा अवरुद्ध हुँदा दुःख पाएको स्थानीयवासी श्यामबहादुर श्रेष्ठले गुनासो गरे । निजी सवारी पनि जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएकाले आजदेखि कसरी काम गने भन्ने चिन्ता बढेको उहाँको भनाइ थियो । ढल बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले समन्वय नगर्दा यो समस्या आएको टेलिकमले जनाएको छ ।

जोरपाटी–सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए ।

विकास निर्माणका काममा सरकारी कार्यालयबीच नै समन्वय नहुँदा विद्युत्, टेलिफोन र खानेपानी जस्ता अत्यावश्यक सेवा पटकपटक अवरुद्ध हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहनु भएन ।

सुन्दरीजल क्षेत्रमा सडक विस्तारको काम गर्नु अघि गोकर्णेश्वर नगरपालिकाले समेत समन्वय गरेर पत्राचार गरेको थियो । यसपटक नगरपालिकाले पनि कुनै जानकारी नगराएको टेलिकमले जनाएको छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना आयोजनाले समन्वय गर्न भनेका काममा सहयोग गरिएको बताए । यसपटक आयोजनाले केही नभनेकाले के भएको आफूले बुझेर अवरुद्ध सेवा छिटो सञ्चालनका लागि पहल गर्ने उनका प्रतिबद्धता छ । नगरपालिकाले ढल बिच्छ्याइरहेकाले नयाँबस्ती क्षेत्रको ५०० लाइन टेलिफोन पनि अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा पनि इन्टरनेटका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies