Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विश्व स्वास्थ्य सङ्गठनको अर्काे नयाँ सुझाव : सार्वजनिक स्थानमा कपडाकै भएपनि मास्क लगाऊ

\"\"

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।

डब्लुएचओका अनुसार मास्क लगाउँदा ुसम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोधु हुन्छ।

विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो।

अहिले नै कैयन् देशहरूमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन्।

कस्तो मास्क ?
डब्लुएचओकी प्राविधिक विज्ञ डा मारिया भान कर्खोभले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै आफूहरूले आम मानिसलाई कपडाको न कि मेडिकल मास्कु लगाउन सुझाएको बताइन्।

सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ।

उसका अनुसार पछिल्लो सुझाव हालैका हप्ताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन्।

\'हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ\', कर्खोभले भनिन्।

यसबीच डब्लुएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ।

\'मास्क मात्रैको प्रयोगले कोभिड-बाट जोगाउँदैन,\' डब्लुएचओका महानिर्देशक डा टेड्रस एडहानोम गेहब्रेयससले भने।

विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै ४ लाख मानिसको ज्यान गएको छ।

नयाँ सुझावको अर्थ
बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यान भन्छन् डब्लुएचको पछिल्लो सुझावले उक्त संस्थामा आएको ठूलै परिवर्तनको सङ्केत गर्छ। महिनौँसम्म उसका विज्ञहरूले मास्कको प्रयोगले आम मानिस गलत ढङ्गबाट ढुक्क हुनसक्ने अनि त्यसले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक मास्कको अभाव हुनसक्ने भन्दै आएका थिए।

ती तर्क अझैपनि विद्यमान नै छन् तर डब्लुएचओले सङ्क्रमणको जोखिमबारे नयाँ प्रमाण पनि हेरिरहेको देखिन्छ।

\'यसले हालैको अनुसन्धानतर्फ इँगित गर्छ जसमा के उल्लेख थियो भने मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सुरुवाती दिनहरूमा अत्यन्त सङ्क्रामक हुन्छन् ९अरूलाई सार्ने सवालमा० जबकि उनीहरूमा लक्षण देखिइसकेको हुँदैन,\' शुकम्यानको भनाइ छ।

सार्वजनिक सवारीसाधन वा पसल वा शरणार्थी शिविर जहाँ सामाजिक दूरी सम्भव हुँदैन त्यहाँ घरेलु मास्ककै भएपनि प्रयोग गर्न सुझाव दिइएको छ।

६० वर्षभन्दा माथि उमेरका मानिसहरू जसलाई अन्य रोग पनि छ तिनले मेडिकल स्तरकै मास्क प्रयोग गर्न उचित हुने पनि डब्लुएचओले बताएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies