Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

क्वारेन्टिनमा बसेकाको पीसीआर नगर्दा जोखिम बढ्दै

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरडिटी–पीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।

आजको राजधानी दैनिकमा खबर छ ( विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको छ ।

शुक्रबार मात्रै सुर्खेतको क्वारेन्टिनमा बसेका एक युवाको आरडीटीमा नेगेटिभ रिपोर्ट आएको थियो । तर, उनको मृत्युपश्चात् पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबैको पीसीआर टेस्ट गर्नुपर्ने माइक्रोबायोलोजिस्टको जोड छ ।

त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा। मेघराज बन्जाराले नेपालमा हाल प्रयोग भइरहेको आरडीटी कीट गुणस्तरहीन रहेको बताए । उनले भने, ‘नेपालमा प्रयोग भइरहेको आरडीटी टेस्ट गुणस्तरयुक्त छैनन् । आरटीपीसीआरलाई प्राथमिकता दिनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा बस्दै आएको जानकारी दिए । हालसम्म ८८ हजार ३ सय ६६ जनाको मात्रै आरटीपीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा क्वारेन्टिनमा बस्दै आएका र कोरोना भाइरसको कुनै लक्षण नदेखिए नागरिकलाई घर पठाइने उल्लेख छ । यद्यपि, हालका लागि क्वारेन्टिनमा बस्दै आएकाहरूको आरडीटी परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा हाललाई क्वारेन्टिनमा रहेका व्यक्तिहरूको १४ दिनपछि आरडीटी परीक्षण गर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा निर्देशिका जारी गरेको थियो । पहिलो प्राथमिकतामा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरू र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको आरटीपीसीआर परीक्षण गरिने योजना बनाइएको छ ।

यस्तै, दोस्रो प्राथमिकतामा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरू र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य कर्मचारी रहने उल्लेख छ । तेस्रो प्राथमिकतामा लक्षण भएका नागरिक पर्नेछन् । निर्देशिका अनुसार कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफंै परीक्षण गराउन पुग्नेहरू टेस्टिङ प्राथमिकतामा पर्दैनन् ।

विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस पह्चिानका लागि प्रयोग नगर्न भनेको कीट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान र्‍यापिड डाइग्नोस्टिक टेस्ट कीट ९आरडीटी० खरिद गर्ने तयारी थालेको छ । हालसम्म १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडीटी परीक्षण गरिएको छ ।

शुक्रबार थप २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोसँगै संक्रमितको संख्या २ हजार ९ सय १२ जना पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देखिएका संक्रमितहरूमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला छन् ।

संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । यस्तै, सुर्खेतमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies