Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारी बर्षापछि आएको बाढीका कारण २९ को मृत्यु, १० लाख प्रभावित

मोगादिसु । सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।

अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बताएको हो ।

सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् मानवीय सहयोगका विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसंघको प्रयास निरन्तर रहेको बताइएको छ ।

ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको ओसीएचएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।

“सहयोगमा खाद्यान्न, सफा पिउने पानी, आकस्मिक बासस्थान, पोषण र औषधीजन्य सामग्रीको आपूर्ति भएको छ,” उक्त संस्थाले बताएको छ ।

राष्ट्रसंघीय निकायका अनुसार सोमालियामा वार्षिक वर्षाको औसत ७५ प्रतिशत मात्रा अप्रिलदेखि जुन महिनामा हुने भएकोले यो समयमा बढी वर्षा हुने र बाढी आउने र वस्तीहरू डुवानमा पर्ने गर्दछन् । वर्षाका कारण आफ्नो जीविकोपार्जनको एकमात्र उपाय मान्ने कृषिमा आश्रित समुदायहरू बढी प्रभावित हुने गर्छन् । विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies