Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आरडिटीका भरमा घर पठाउँदा जोखिम, घर फर्केकालाई कोरोना पोजेटिभ देखिएपछि टोलका बासिन्दा त्रासमा

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–९ अलायाचौरका २६ वर्षीय, धरमपुर टोलका ४० वर्षीय र अर्का १४ वर्षीय पुरुषमा मङ्गलबार कोरोना पुष्टि भयो । कोरोना पोजेटिभ देखिएपछि बुधबार बिहान उनहरुलाई आइसोलेसनमा ल्याउन प्रदेश अस्पताल र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले घरमै पुग्यो ।

भारतबाट यही जेठ ६ गते सुर्खेत आइपुगेका उनीहरू वीरेन्द्रनगरको जन नमूना माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । जेठ १५ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो तर नगरपालिकाले नतिजा नआउँदै घर पठाइदियो । घरमा गएर समुदायसँग घुलमिल भएका उनीहरुको कोरोना पोजेटिभको नतिजा आएपछि अहिले ती टोलका बासिन्दा त्रासमा छन् ।

नगरपालिकाले क्वारेन्टिन अवधि पूरा नहुँदै पठाएका ११ मध्ये तीन जनामा कोरोना पोजेटिभ देखियो । स्थानीय बखत शाहीले क्वारेन्टिन बसेकालाई पिसिआर नतिजा नआउँदै घर पठाउनु नगरपालिकाको गम्भीर लापर्बाही भएको बताए। “यो ठूलो लापर्बाही हो, यसले सङ्क्रमण समुदायमा फैलिन खतरा देखिएको छ”, उनले भने, “कम्तीमा स्वाब परीक्षणका लागि पठाइसकेपछि रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमै राख्नुुपथ्र्यो ।”

स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न झन्झटले ¥यापिड डायग्नोष्टिक टेस्ट ९आरडिटी० परीक्षण गर्दै घर पठाउने गरेका छन् । जसलाई कोरोना परीक्षणमा भरपर्दो मानिँदैन । पिसिआर परीक्षणबिनै घर पठाउँदा समुदायस्तरमा सङ्क्रमण फैलिने चिन्ता गरिएको छ । वीरेन्द्रनगरका व्यवसायी विशाल ढकालले भन्नुभयो, “कम्तीमा १४ दिन क्वारेन्टिनमा राख्नुपथ्र्यो, स्थानीय तह पन्छिएको पाइयो, ख्यालख्यालमै कोरोना समुदायमा पुगिसक्यो ।”

सङ्क्रमितले रिपोर्ट नआउँदासम्म घर नजाने भने पनि नगरपालिकाले पठाइदिएको बताएका छन् तर नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेन्टिन अवधि पूरा भएपछि मात्रै होम क्वारेन्टिन बस्ने शर्तमा घर पठाएको जिकिर गरेको छ । “वडाध्यक्षको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी पठाएका हौँ”, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले भने, “पिसिआर जाँच गर्ने मेशिनसमेत बिग्रिएकाले रिपोर्ट ढिला आयो ।”

पिसिआर परीक्षण नगरी घर पठाउने प्रदेश राजधानी रहेको सो नगरपालिका मात्र एक्लो छैन । कर्णालीका अधिकांश स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसक्दा आरडिटी परीक्षण गर्दै नेगेटिभ नतिजा आएकालाई धमाधम घर पठाउँदै आएका छन् । दैलेखको भैरवी गाउँपालिकाले पनि आफैँ आरडिटी कीट खरिद गरेर परीक्षण ग¥यो । यतिबेला अधिकांश स्थानीय तह मापदण्डविपरीतका कीट किन्दै धमाधम परीक्षण गर्न थालेका छन् ।

बुधबार पश्चिम सुर्खेतको विद्यापुर क्वारेन्टिनमा आरडिटी नेगेटिभ नतिजा आएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवाको बिहीबार बिहान ओछ्यानमै मृत्यु भयो । मृत्युपश्चात् उहाँको स्वाबको पिसिआर परीक्षण गरिँदा कोरोना पोजेटिभ देखियो । पिसिआर परीक्षण नगरेरै क्वारेन्टिनमा रहेका उनलाई आरडिटी परीक्षणका भरमा घर पठाउँदा मृत्यु भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । पछिल्ला घटनाले पिसिआर परीक्षणपछि मात्र घर पठाउन दबाब परेको छ ।

कोरोनाको केन्द्र बनेको दैलेखको नारायण नगरपालिकाले पनि आरडिटी परीक्षणकै भरमा क्वारेन्टिन अवधि पूरा नभएकालाई घर पठाउने गरेको छ । पिसिआर परीक्षणको नतिजामा अहिले तीमध्ये कतिपयमा कोरोना पोजेटिभ देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त नगरमा १९४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने बिहीबारमात्रै १०८ जनामा सङ्क्रमण देखियो । नगर प्रमुख रत्नबहादुर खड्काले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएको निर्देशनअनुसार होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइएको बताए। सोमबारसम्म एक हजार ४२० क्वारेन्टिनमा रहेकामा पछिल्ला तीन दिनयता ४०० जना बढीलाई घर पठाइएको छ ।

नगरपालिकाले एउटा प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गराउने गरेको छ । जसमा लेखिएको छ, “म होम क्वारेन्टिनको मापदण्ड पूरा गरेर घरमा सुरक्षित बस्नेछु, निश्चित अवधिभर पूरा नहुँदासम्म कसैसँग पनि भेटघाट र घुमफिर गर्नेछैन ।” आरडिटी पोजेटिभलाई मात्र क्वारेन्टिनमा राखी पिसिआर जाँच गर्ने र पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्नु हाम्रो बाध्यता भएको नगर प्रमुख खड्काको भनाइ छ । उनले भने, “क्वारेन्टिनको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिक गाउँ फर्किएपछि व्यवस्थापन गर्न समस्या भयो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies