Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गौशाला–चावहिलबाहेक काठमाडौँका सडक मर्मत सम्पन्न

काठमाडौँ । कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले नियमितरुपमा काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।

चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकामा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अहिले झण्डै ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले जनाएको छ । यस वर्ष डिभिजनले सडक मर्मतलाई नै बढी जोड दिएको डिभिजनका प्रमुख कुबेर नेपालीले बताए । नयाँ सडक र पुलको काम उल्लेखनीयरुपमा हुन नसके पनि यस वर्ष सडक मर्मतको काम लक्ष्यनुसार भएको हो । उनले भने, “मुख्य र सहायक सडकमा गर्नैपर्ने मर्मतको काम अब धेरै बाँकी छैन ।”

विगतका वर्षहरुमा काठमाडौँ उपत्यकामा रहेका खाल्टाखुल्टीकै कारण सडक विभागको आलोचना हुने गरेको थियो । शहरी क्षेत्रमा समेत धेरै सडक हिउँदमा धुलो र वर्षाका समयमा धुलो हुँदा स्थानीयवासी हैरान थिए । वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ । उनले भने, “नयाँ निर्माणभन्दा पहिले बनेका सडक मर्मत बढी भएको छ ।”

बन्दाबन्दीका समयमा विभिन्न निकायले आफ्ना काम ठप्प गरेका थिए । सडक विभागअन्तर्गतकै कतिपय सडक आयोजनाले बन्दाबन्दीको केही सातासम्म निर्माणको काम अघि बढाएको थिएन । डिभिजनले भने बन्दाबन्दीको शुरुवाती दिनदेखि नै काम गरिरहेको छ । शुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर बन्दाबन्दीमा समेत निर्माणको काम गरिरहेको उहाँले जानकारी दिए

बन्दाबन्दीको अवधिमा मात्रै १५ किमीभन्दा बढी सडक ‘ओभर ले’ भएको छ । चालू आवभित्र कालोपत्र भएका सडकमा रङरोगनको काम झण्डै तीन किमीमात्रै बाँकी रहेको उनले बताए । ‘ओभर ले’ र नयाँ सडकमा कालोपत्र भएका ठाउँमा सडक चिह्न लगाउने काम पनि अघि बढिरहेको छ । उनले भने, “ओभर ले भएका अरु सडकमा केही दिनभित्रै रोड मार्किङ सकिनेछ ।”

चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको प्रमुख नेपालीले बताए । सडक मर्मत (ओभर ले) का लागिभन्दा नयाँ सडक निर्माणका लागि जनशक्ति र सामग्री दुवै बढी चाहिने र धेरै समय लाग्ने भएकाले गर्न नसकिएको उहाँको भनाइ छ । ‘ओभर ले’ मा कालोपत्र सडकमा माथिबाट कालोपत्र थप्न सजिलो भए पनि नयाँ बनाउँदा आवश्यक पूर्वाधार निर्माणदेखि धेरै किसिमका काम गर्नुपर्ने हुन्छ । डिभिजनले अहिले सितापाइला क्षेत्रमा सडक कालोपत्र गरिरहेको छ । पहिले एक लेनको सडकलाई दुई लेनको चौडा गरेर कालोपत्र भइरहेको हो । बिहीबारसम्म दुई किमी सकिएकामा शुक्रबार थप डेढ किमी सडकमा कालोपत्र हुने उनले जानकारी दिए।

डिभिजनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ । यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ । गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काममात्रै सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छाउन लागेकाले सडक कालोपत्र गर्न नसकिएको हो । उनले भने, “गौशालादेखि मित्रपार्कसम्मको सडक चालू आवभित्र सम्पन्न भए पनि मित्रपार्कदेखि चुच्चेपाटी गर्न सकिने देखिएको छैन ।”

नयाँ सडक निर्माणमात्रै होइन पुल निर्माणको कामले पनि गति लिन सकिरहेको छैन । डिभिजनले चालू आवमा पाँच सडक पुल निर्माणाधीन रहेकामा ती सबैको निर्माण रोकिएको उनले बताए । उनले भने, “चालू आवमा सम्पन्न हुने सम्भावना कम छ ।”

डिभिजनले जनशक्ति र निर्माण सामग्री सहजरुपमा उपलब्ध नभए पनि निर्माणलाई निरन्तरता दिएको हो । वर्षाका कारणले पनि चालू आवका बाँकी दिनमा काम गर्न सहज नभएको उनले बताए । बन्दाबन्दीको समयमा सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्ति टाढाका जिल्लाबाट ल्याउन नसकिने त छँदैछ आवश्यक सामग्री पनि सहजरुपमा उपलब्ध छैन । अहिले पनि क्रसर उद्योग रातमा मात्रै खुल्ने गरेका छन् । उनले भने, “लकडाउनले गर्दा भनेको जस्तो सामान नपाउने र पाए पनि गुणस्तरीय नपाउने समस्या छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies