Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौ । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले बन्दाबन्दीको हालको रणनीति बदलेर प्रभावित र कम प्रभावित क्षेत्रको किटान गरी आर्थिक गतिविधि बढाउन आग्रह गरे ।

साथै उहाँहरुले कोभिड–१९ को महामारी नियन्त्रणका साथै यसबाट शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र जनजीवनलाई सहज तुल्याउन सरकार तथा सबै राजनीतिक दलबीच एकता र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

सांसद गोपीबहादुर अछामीले कोभिड–१९ को महामारीले नागरिकको स्वास्थ्यमा जटिलता र अर्थतन्त्रमा ठूलो सङ्कट पैदा भएको दृष्टान्त प्रस्तुत गर्दै यसको सामना गर्न हालको बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर आर्थिक गतिविधि क्रमशः बढाइनुपर्ने बताए ।

बन्दाबन्दीले आर्थिक जनजीवन प्रभावित भएको तथा व्यावसायिक क्षेत्र पनि धराशायी अवस्थामा पुगेकाले यसलाई खुकुलो बनाउँदै लैजानुपर्ने उनको भनाइ छ । परिस्थितिलाई सहज तुल्याउन प्रभावित क्षेत्रमा कडाइ गरी अन्य कम जोखिम भएका क्षेत्रमा आर्थिक गतिविधि बढाउने ढङ्गले अघि बढ्नुपर्नेमा सांसद अछामीले जोड दिए । उनले शैक्षिक गतिविधि सञ्चालनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउन र दुर्गम क्षेत्रमा एफएम रेडियोमार्फत पठनपाठन सञ्चालन गर्न पनि सरकारलाई सुझाए ।

सांसद जीतेन्द्रनारायण देवले कोभिड–१९ र आर्थिक महामारीले देशलाई सङ्कटतर्फ धकेलेकाले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाइनुपर्ने बताए । उनले नेपालजस्तो विकासोन्मुख मुलुक आर्थिक सङ्कटमा जाने खतरा बढेकाले सरकारले प्रतिपक्षीलाई समेत विश्वासमा लिएर परिस्थितिको सामना गर्न साझा सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

देशका कतिपय क्वारेन्टिन सङ्क्रमणको स्रोत बन्ने खतरा बढेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसलाई व्यवस्थित बनाई पिसिआर परीक्षणको दायरा बढाउन आग्रह गरे ।

नेपालमा कोभिडका कारण १० जनाको मृत्यु र दुई हजार ६०० भन्दा बढी सङ्क्रमित छन् । कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी शुरु गरेको थियो । पछिल्लो पटक बन्दाबन्दीको समयावधि जेठ मसान्तसम्म कायम गरिएको छ । मुलुकभित्रका आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आगामी असार १६ गतेसम्म उडान स्थगन गर्ने निर्णय गरिएको छ ।

सांसद भगवती न्यौपानेले लामो बन्दाबन्दीले काम गर्न नपाउने र मानिसको जनजीवन थप कष्टकर हुने अवस्था आएकाले बन्दाबन्दीको रणनीति परिवर्तन गरी जनजीवन सहज बनाउन माग गरिन् । उनले तराई–मधेशमा नाकामा थप कडाइ गरी पहाडी जिल्ला तथा कम जोखिम भएका क्षेत्रमा बन्दाबन्दी खुकुलो पार्दै लैजानुपर्ने बताइन्।

सांसद हरेराम चौधरीले सुदूरपश्चिममा करीब ५८ हजार नागरिक क्वारेन्टिनमा बसेको र अझै पनि आउनेक्रम चलिरहेकाले उनीहरुको स्वास्थ्य परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था मिलाउन सराकारको ध्यानाकर्षण गराए ।

सांसद कविता बोगटीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण दायरा बढाउन सरकारसमक्ष माग गरिन् । उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जकडिएको छाउपडी प्रथा नियन्त्रणका लागि केन्द्रीय सरकारले कडा कानून ल्याइनुपर्ने सुझाव पनि दिइन्।

सांसद मायाप्रसाद शर्माले कर्णाली प्रदेशका विभिन्न जिल्लामा पिसिआर प्रविधिबाट परीक्षण बढाउन माग गरे। उक्त क्षेत्रमा क्वारेन्टिनलाई थप व्यवस्थित गरी परीक्षणलाई सहज तुल्याउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

विशेष समयमा अधिकांश सांसदले रुकुम(पश्चिम) घटना अमानवीयताको पराकाष्ठा भएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies