कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। ४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उनले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताए ।
पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उनले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पु¥याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राखे ।
मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उनले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उनले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता औँल्याए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको जानकारी दिए।
पोखरा महानगरपालिका वडा नं ४ शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले रु दुई करोड ७३ लाख र पार्क निर्माणमा रु ६३ हजार लगानी गरेको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: