Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या एक हजार नाघ्यो

सप्तरी । दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ । बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि यहाँ सङ्क्रमितको सङ्ख्या अहिले ९६१ पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।

प्रदेश नं २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै ५०० सङ्क्रमित थपिएका छन् । जेठ दोस्रो साताको अन्त्यमा ५०० मुनि रहेको सङ्क्रमित सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको छ । यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउछन्।

प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ । बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका ९६१ मध्ये रौतहटका ३८४ छन् । प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरिष्ठ स्वास्थ्य प्रशासक झा बताउछन्। क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झा स्वीकार गर्छन् ।

“प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ”, झाले भने, “यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्, आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन ।” प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाको थप भनाइ छ ।

प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । पछिल्लोपटक बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ । यो बितेका अवधिमा हालसम्मकै सर्वाधिक सङ्ख्या हो । पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएको सङ्ख्या अब १८ हजार ८९३ पुगेको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताए । स्वाब परीक्षण गरिएका मध्ये बिहीबारसम्म ९६१ जनाको नतिजा पोजेटिभ आएको छ । परिणाम प्राप्तमध्ये १० हजार ७६३ को नेगेटिभ र सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११ बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१ जना रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार १२८ पु¥याइएको छ । बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२ पुगेको छ । बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रदेशमा हालसम्म आठ हजार ७५७ को आरडिटी गरिएको छ । जसमा आठ हजार ४०२ को नतिजा नेगेटिभ र १६८ को पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड दिइएको छ । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टिन प्रक्रिया सघन गरिनुपर्ने विज्ञको राय छ । यद्यपि पछिल्ला तीन दिनयता भारतबाट भित्रिने क्रम पातलिएको झा बताउछन् ।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies