Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लकडाउनयता भारतबाट एक लाख ६६ हजार भित्रिए

काठमाडौं । लकडाउन शुरु भएयता भारतबाट एक लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैध रूपमा भित्रिएकाहरूको मात्रै हो, लुकिछिपी आउनेको संख्या पनि ठूलो रहेकाले भारतबाट फर्किनेको कुल संख्या अझ धेरै हुन सक्ने गृह मन्त्रालयको आकलन छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गृह मन्त्रालयको तथ्यांकअनुसार ११ चैतदेखि २१ जेठसम्म भारतका विभिन्न शहरबाट एक लाख ६६ हजार ६९ नेपाली घर फर्किएका छन् । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका नाकाबाट ७६ हजार ६ सय पाँचजना आएका छन् । त्यस्तै, प्रदेश ५ बाट ६४ हजार नौ सय ९७, प्रदेश २ बाट १७ हजार नौ र प्रदेश १ बाट सात हजार चार सय ५८ जना आएको गृहको तथ्यांक छ ।

हालसम्म सबैभन्दा धेरै १८ जेठमा १४ हजार ६ सय २५ जना भित्रिएका थिए । पछिल्लो दुई सातामा मात्र एक लाख ३५ हजार नौ सय १८ जना आएको गृहको तथ्यांक छ । अहिले दैनिक औसत १० हजारको संख्यामा भारतबाट फर्किने क्रम जारी छ । सीमामा रोकिएका नेपालीलाई स्वदेश ल्याउने निर्णयसँग पछिल्लो समय २० वटा नाका खुला गरिएको छ ।

लकडाउनको स्वरूपबारे सरकार अलमलमा

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ, अर्कोतर्फ आर्थिक क्षेत्र पनि धराशायी हुँदै छ । गरिब मात्र होइन, मध्यम वर्ग समेत आर्थिक बोझले लकडाउन खुकुलो पार्न माग गर्दै सडकमा उत्रन थालेका छन् । तर, सरकार भने अझै अलमलमा छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि यस सम्बन्धमा ठोस निर्णय गर्न सकेन ।

मन्त्रिपरिषद्ले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउनको मोडालिटी तय गर्न जिम्मा दिएको छ । समितिले विभिन्न क्षेत्रका अगुवासँग राय लिइरहेको छ ।

विज्ञहरूले नेपालमा लामो समयसम्म कोरोना संक्रमण रहिरहन सक्ने भन्दै स्वास्थ्यसम्बन्धी प्रोटोकल कडाइका साथ पालना गरी आर्थिक क्षेत्रलाई सहज रूपमा अघि बढाउनुपर्ने सुझाब दिएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि बुधबार विभिन्न क्षेत्रका २५ विज्ञसँग यस सम्बन्धमा सुझाब लिएका थिए ।

उच्चस्तरीय समन्वय समितिअन्तर्गतको सिसिआरसीले पनि लकडाउनलाई खुकुलो बनाउनुपर्ने योजना अघि बढाएको छ । आयातमुखी नेपाली अर्थतन्त्र, दैनिकी चलाउन अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारबाट ठूलो संख्यामा फिर्ता हुने सम्भावना, खाद्यान्न संकट हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्लेषण, भारतबाट हुने आयातमा नियन्त्रणको सम्भावना र राष्ट्रिय भण्डारणको कमजोर अवस्थाका कारण लकडाउनलाई खुकुलो बनाउनुपर्ने सिसिआरसीको निष्कर्ष छ ।

संक्रमण नदेखिएका जिल्लाहरूबाट लकडाउन खुुकुलो बनाउँदै लैजानुपर्ने सिसिआरसीको सुझाब छ । ‘संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रूपमा लकडाउनलाई मुख्य क्रियाकलापहरू खुला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रूपमा खुकुलो गर्दै जाने,’ सिसिआरसीले बनाएको योजनामा भनिएको छ । पाँच चरणमा गरेर लकडाउन खुुकुलो बनाउन उसको सुझाब छ ।

उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार कम जोखिम क्षेत्रमा केही दिनपछि लकडाउनको स्वरूप परिवर्तन हुने सम्भावना छ ।

देशभरिका क्वारेन्टाइनमा एक लाख ६१ हजार

भारतबाट फर्किएका सबैलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले देशभरिका क्वारेन्टाइनमा बस्नेहरूको संख्या एक लाख ६१ हजार दुई सय ६२ पुगेको छ । उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका छन् । केही संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन् ।

क्वारेन्टाइनमा बस्नेको संख्या उच्च भए पनि परीक्षण भने सुस्त छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार आठ सय ६७ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर २० ठाउँमा रहेका प्रयोगशालामा दैनिक करिब ६ हजार नमुनाको कोरोना परीक्षण गर्ने क्षमता छ । तर, अहिले औसत दैनिक चार हजार नमुना परीक्षण हुने गरेको छ । यही गतिमा क्वारेन्टाइनमा रहेकाहरूको मात्र परीक्षण गर्न करिब ४० दिन लाग्छ ।

स्वास्थ्य मन्त्रालयले ठूलो क्षमतामा परीक्षण गर्न सक्ने प्रयोगशालाका सामग्री खरिदका लागि बल्ल प्रक्रिया अघि बढाएको छ । परीक्षण नै सुस्त हुँदा नेपालमा कोरोना संक्रमण नियन्त्रण हुन लामो समय लाग्ने र यसको असर ठूलो हुन सक्ने चिन्ता जनस्वास्थ्य विज्ञहरूको छ ।

धेरैजसो क्वारेन्टाइनमा अत्यावश्यक सुविधा समेत नभएको र लामो समय बस्नुपर्दा विद्रोह हुन सक्ने आकलन गृह मन्त्रालयको छ । त्यहीअनुसार सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको एक अधिकारीले बताए । वेलामा परीक्षण नहुँदा संक्रमण रहेको व्यक्तिले समयमै उपचार नपाउने र क्वारेन्टाइनभित्र अन्यमा समेत सर्ने जोखिम हुन्छ ।

क्वारेन्टाइनमा विद्रोह गरेर घर फर्किए संक्रमण समुदायमा फैलने अर्को खतरा छ । कोरोना अस्पतालका आइसोलेसन बेड भरिएपछि सरकारले सामान्य अवस्थाका संक्रमितलाई घरमै राखेर उपचार गर्ने तयारी गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies