Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले घटायो भाडा

काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ ।

हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजार १०५ देखि न्यूनतम रु २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ ।

नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा रु १५ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो । बुद्धको माउन्टेन उडानमा रु ८६० घटेर दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भरतपुर जम्मा ६९५ बनाइएको छ । यो गन्तव्यमा रु २७० घटेको छ ।

त्यस्तै काठमाडौँ–पोखरा रु ३९५ घटेर रु एक हजार ३० बनाइएको छ । काठमाडौँ–विराटनगर साविकको भाडामा रु ६०० घटाई एक हजार ५६० कायम गरिएको छ । काठमाडौँ–धनगढीमा रु एक हजार १०५ घटेर जम्मा रु दुई हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा रु ८१५ घटेर दुई हजार ११५ बनाइएको कम्पनीले जनाएको छ ।

यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ । उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies