Khabar Dabali Logo
  July 4, Sat

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।

बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदैछ ।

बन्दाबन्दीको अवधिमा बुधबारमात्रै व्यवसायीले स्वतःफूर्तरुपमा पसल खोल्ने निर्णय गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो तर कुनै निष्कर्ष भने नभएको बताइएको छ ।

अहिलेको अबस्थामा जनस्तरबाट उठेका प्रश्नमा समेत समीक्षा भएको र सरकारलाई केही महत्वपूर्ण विषय सिफारिस गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बन्दाबन्दीलगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएका थिए ।

जेठ २२ गते, २०७७ - १६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि...   

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गोरखाका...   

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

काठमाडौं । शनिबार थप २३२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४...   
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा...   

६० रुपैंयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री...   
रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

काठमाडौँ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप खोकनावासी र प्रहरीबीच...   

बझाङ पहिरो अपडेट : सात बेपत्तामध्ये तीन जनाको शव भेटियो (नामसहित)

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता...   

उद्धारमा हिँडेको सेनाको गाडी बझाङकाे पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको...   

सलहबाट मकै बालीमा पाँच करोडको क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ...   

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top