Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ ।

जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टिनको निर्माण नगरी होटलमा राख्ने गरी व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

यसबारेमा होटल व्यवसायीसँग छलफल गरिसकेको र विदेशबाट आउने व्यक्ति आफैँले होटलमा बसेको खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको उनले बताए । नगर प्रमुख प्रजापतिले भने, “क्वारेन्टिनमा राख्दा कोरोनाको जोखिम हुन सक्छ, होटलमा भए शौचालयदेखि बस्ने कोठासमेत फरक हुन्छ, यसले नागरिक आफैँलाई पनि सुरक्षित बनाउँछ, त्यसैले उनीहरुलाई होटलमा राख्ने गरी व्यवस्था गरेका छौँ, त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।”

यता मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकका लागि क्वारेन्टिन, भेन्टिलेटरसहितको आइसोलेशन अस्पतालको व्यवस्था गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्ना नागरिकलाई मात्रै सुविधा र संरक्षण दिने गरी व्यवस्थापन गरेको उल्लेख गर्दै नगरपालिकाभित्र अन्य जिल्लाबाट आएर भाडामा बस्नेका लागि भने कुनै व्यवस्था नगरेको बताए । नगर प्रमुख श्रेष्ठले भने, “विदेशबाट आउने मध्यपुरका स्थायी बासिन्दाका लागि होटलमा क्वारेन्टिनको व्यवस्था गरेका छौँ, उनीहरुको स्वाब सङ्कलन परीक्षणदेखि आवश्यकता परे स्वास्थ्य उपचार, आइसियु र भेन्टिलेटरसहितको आइसोलेशनको समेत व्यवस्था गरेका छौँ ।”

त्यस्तै चाँगुनारायण नगरपालिकाले पनि नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि वडा वडामा क्वारेन्टिनको व्यवस्था गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ । “आवश्यक पर्दा खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई नै प्रयोगमा ल्याउन सकिन्छ”, नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “होटलमा बस्न चाहने आफ्ना नागरिकका लागि आफैँले खर्च गर्ने गरी व्यवस्थापन गरिएको छ ।” उनले विदेशबाट आएका अन्य जिल्लाका नागरिकलाई राख्न नसक्ने र व्यवस्था पनि नगरेको बताए ।

सूर्यविनायक नगरपालिकाले भने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिका–१० बाँसघारीमा १०० जना क्षमताको क्वारेन्टिन निर्माण गरेको छ । भक्तपुरका व्यापारी रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि जस्ताको टहरामा बनाइएको क्वारेन्टिनको सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले अवलोकन गरेर जानकारी लिनुभएको छ । विदेशबाट फर्किएका जिल्लाका नागरिकलाई कुनै पनि समस्या नपर्ने गरी सुरक्षित व्यवस्थापन गर्न उनले निर्देशनसमेत दिएका छन् ।

नगरपालिकाले बनाएको क्वारेन्टिनमा भारतबाट फर्किएका नागरिकलाई राख्नसमेत शुरु भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकाले रु १० लाखको बजेट छुट्याएर काम गरेको जानकारी दिँदै उहाँले नगरपालिकाले भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्नसमेत शुरु गरेको जानकारी दिए ।

सूर्यविनायक–८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले भारतबाट बसमा फर्किनेलाई हिजोबाट नै राख्न थालेको जानकारी दिए । अहिले १० जना क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा दैनिक बिहान बेलुका खाना, दिउँसो खाजाको व्यवस्था गरिएको उनले जानकारी दिए। क्वारेन्टिनमा सूर्यविनायक नगरको स्वास्थ्य शाखाका कर्मचारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, प्रहरी, नेपाली सेनाको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए। क्वारेन्टिन सुरक्षाका लागि वीरदल गण सूर्यविनायकका सेना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरीको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् भने नगरपालिकाले सफाइ मजदुरको व्यवस्था गरेको छ ।

नगरपालिकाले यो क्वारेन्टिनसँगै विदेशबाट फर्किनेहरु सुविधा सम्पन्न होटलमा बस्न चाहेमा होटलको समेत व्यवस्था गरेको जानकारी दिए। वडाध्यक्ष थापाले भने, “नगरपालिकाले तयार पारेको क्वारेन्टिनमा नबसेर सुविधा खोज्नेहरुका लागि होटलमा क्वारेन्टिनको व्यवस्था गरेका छौँ, तर त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।” नगरपालिकाले होम क्वारेन्टिनमा बस्नेका लागि नगरपालिकाको निगरानीमा त्यसको समेत व्यवस्था गर्ने तयारी गरेको जानकारी दिए ।

विदेशबाट फर्किएका नागरिकलाई त्रिभुवन विमानस्थलबाट काठमाडौंँको होल्डिङ सेन्टरमा राखी त्यहाँबाट भक्तपुर ल्याएपछि भक्तपुरको सल्लाघारीको चौरबाट नगरपालिकामा पठाइने व्यवस्था गरिएको वीर दल गणका गणपति शिव पौडेलले जानकारी दिए । उनले भने, “सल्लाघारीमा नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले सुरक्षादेखि जिल्लाको कुन नगरपालिकामा जाने हो, सोको विवरण छुट्याएर उनीहरुलाई सम्बन्धित नगरपालिकाको जिम्मा लगाएर पठाउने व्यवस्था गरेका छौँ ।” नगरपालिकाले सल्लाघारीबाट आ–आफ्ना नागरिकलाई बुझेर लगे पनि उनीहरुलाई अनिवार्यरुपमा १४ दिन व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मान्यता छ ।

सरकारले गठन गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले जारी गरेको निर्देशिकामा भने सम्बन्धित जिल्लाका पालिकाले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies