Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन् ।

आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ । गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी भए।

ओबामाले “मतदान विरुद्ध बिरोध प्रदर्शन, राजनीति र सहभागिता विरुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य” जस्ता विषयमा “इन्टरनेट बहस” लाई अस्वीकार गरेका छन् ।

“अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,” उहाँले टाउन हलमा भने । “हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक समाधान र कानुनमा रुपान्तरण गर्नु पर्दछ ।”

ओबामाले फ्लोयडको मृत्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गरे । उनले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भने । उनले “देशका सबै मेयरहरुलाई सुरक्षा परिचालनको बारेमा समीक्षा गर्न” आग्रह गर्दै “योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“हामी अहिले राजनीतिक बहसका बीचमा छौं,” ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताए । “पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक हुनुहुन्छ ।”

यस गोलमेच बैठकमा ओबामाले अहिलेको अराजकता र १९६० को दशकको आन्दोलनको बीचमा समानता रहेकामा जोड दिए । तर उनले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उत्तेजक एवं हिंसात्मक कृयाकलापले मूल मुद्दालाई ओझेलमा पार्ने खतरा रहेको बताए ।

तैपनि, उहाँले यस मुद्दामा विरोधको स्वर केही क्षण दबे पनि समाजभित्र विरोधी भावना यथावत रहिरहने खतरा छ भने ।

ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो ।

गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताए ।

तर फ्लोयडको मृत्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ । अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।

गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि रङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताएका थिए।

“यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन । यो घटना सामान्य हुनै सक्दैन,” ओबामाले लेखेका छन्।

पूर्व राष्ट्रपति ओबामाको वयानपछि दिनभरि नै तनाबको अवस्था सिर्जना भइसकेको छ ।

ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी कारबाहीको विरोधमा भइरहेका प्रदर्शन रोक्न सेना समेत परिचालन गर्ने धम्की दिएका छन्। देशभित्र जारी कतिपय प्रदर्शन हिंसात्मक बनेका छन् ।

बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies